१० हजार पीसीआर परीक्षणमा १५ सय ७३ संक्रमित, पछिल्लो २४ घण्टामा ८ सय ८५ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ सय ७३ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा गरिएको १० हजार १२३ पीसीआर परीक्षणमा १५ सय ७३ कोरोना संक्रमित भेटिएको बताएका हुन् ।


Advertisement

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ । संक्रमितमध्ये ८ हजार ३२१ संस्थागत आइसोलेसनमा छन् भने १० होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ८ सय ८५ रहेको छ ।


Advertisement

संक्रमितमध्ये आइसीयुमा रहेर उपचार गरिरहेकाको संख्या २ सय २५ रहेको छ भने भेन्टिलेटरमा ३३ जनाले उपचार गरिरहेका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्