अमेरिकी वकिलको दाबी– चीनले अन्य देशको अर्थतन्त्र ध्वस्त पार्न लकडाउनको अभियान चलायो

चीनले निरन्तर झूटो सूचना अभियान चलाएर संसारलाई लकडाउनका लागि प्रेरित गरेको एक अमेरिकी वकिलले दाबी गरेका छन् । 

माइकल सेंगर नामक ती वकिलले कोरोनाभाइरस महाव्याधिलाई रोक्नका लागि देशव्यापी लकडाउनका लागि चिनियाँ कम्युनिस्ट पार्टीले प्रोत्साहन गरेको र यसले गर्दा उसका प्रतिद्वन्द्वीहरूको अर्थतन्त्र ध्वस्त भएको बताए । 


Advertisement

कोभिड–१९ चीनको वुहान शहरबाट शुरू भएको र संसारभरि फैलिएको मानिन्छ । यसले अहिलेसम्म लगभग १० लाख मानिसको ज्यान लिइसकेको छ । 

तर कम्युनिस्ट पार्टीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै लकडाउनका लागि मनोवैज्ञानिक त्रास फैलाएको सेंगरको दाबी छ । 


Advertisement

यस अभियानले गर्दा मुलुकहरूले आर्थिक आत्महत्या गरेको उनले बताए । 

चीनले अपनाएको कठोर लकडाउन विधि अनुसरण गर्न  संसारका अन्य मुलुकलाई प्रेरित गर्ने हिसाबमा हजारौं ट्वीटहरू गरिएको उनले बताए । 

लकडाउन विज्ञानमा आधारित कुरा नभएको र चीनका राष्ट्रपति सी चिनफिङले अपनाएको कठोर नीति मात्र भएको उनले दाबी गरे । 

चीनको सन्देशलाई प्रवर्द्धन गर्ने हजारौं फेक अकाउन्टहरू ट्विटरले बन्द गरिदिएको भनी उनले उल्लेख गरे । 

‘यो सबका पछाडि केही खतरनाक योजनाहरू बन्दैछन् ? प्रतिस्पर्धी मुलुकहरूको अर्थतन्त्र ध्वस्त पार्न तथा निरंकुश मूल्यमान्यताको प्रवर्द्धन गर्न यसको योजना बनाइएको हो त ?’ सेंगरले सोधे ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्