×

NMB BANK
NIC ASIA

वस्तु बिक्रीसम्बन्धी व्यवसायमा नियमनको खाँचो

असोज ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सांसदहरुले वस्तु बिक्रीसम्बन्धी व्यवसायमाथि कडा नियमन र निगरानीको आवश्यकता औँल्याएका छन् ।

Muktinath Bank

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँहरुले त्यस्ता व्यवसाय प्रत्यक्ष उपभोक्तासँग जोडिने हुँदा विगतको नेटवर्किङ व्यवसाय झै नागरिक ठगिने सम्भावना अधिक रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    छलफलमा उनीहरुले नागरिक गुम्राहामा नपरुन् र गुणस्तरीय वस्तु प्राप्त गर्न सकुन् भन्नेतर्फ कानून तथा नीति, निर्माण परिमार्जन गर्नु जरुरी भएकाले सोहीअनुसार सरकारलाई निर्देश दिनुपर्नेमा जोड दिएका छन् । 


Advertisment
Nabil box
Kumari

    वस्तुको प्रत्यक्ष व्यापार गर्ने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागबाट वस्तुको प्रत्यक्ष बिक्री गर्ने सम्बन्धमा नयाँ कम्पनीलाई इजाजत दिएपछि सो विषयले संसदीय समितिमा प्रवेश पाएको हो । सरकारले सात कम्पनीलाई त्यस्तो व्यापार गर्न अनुमति दिएको जनाइएको छ । 

Vianet communication
Laxmi Bank

    यसरी व्यापार गर्दा कुनै पनि सञ्जाल निर्माण गर्न नपाइने व्यवस्था वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन २०७४ र नियमावली २०७६ मा उल्लेख छ ।  सञ्जाल (नेटवर्क) व्यवसाय झै गरी सञ्चालन हुने आशंका उब्जिएको छ । कतिपय विगतमा नेटवर्किङ व्यवसाय सञ्चालन गरेका व्यक्ति नै यसमा सङ्लग्न रहेको जानकारीमा आएकाले कानूनमा त्यस्ता व्यक्तिलाई सहभागी हुन नपाउने प्रावधान राख्नुपर्ने समितिका केही सदस्यको सुझाव छ ।

    सांसद भीमसेनदास प्रधानले त्यस्ता व्यवसाय सञ्चालनमा कडा कानूनको बनाएर नियमनको जरुरी रहेको औँल्याउनुभयो । वस्तुको प्रत्यक्ष व्यापार गर्ने कम्पनीले तोकेको प्रक्रिया पूरा नगरेको खण्डमा हुने क्षतिको पूर्तिका लागि असुल उपर गर्न सक्ने भरपर्दाे व्यवस्था हुनुपर्ने बैठकमा सांसदले सुझाव राख्नुभएको छ । त्यसका लागि सरकारी निगरानी जरुरी रहेको  ‍औंल्याइएको छ । 

बैठकमा सांसद प्रकाश रसाइलीले विगतको गोल्ड क्वेष्ट, युनिटीबाट तीन लाखभन्दा बढी नेपाली ठगिए, त्यो पुनरावृत्ति नहोस् भन्ने विषयमा सजक हुनुपर्नेतर्फ ध्यानाकर्षण गराए । धरौटी बढी राख्ने, निरीक्षणको दायरा बढाउने र कानूनी धारालाई थप स्पष्ट पार्दै जनता ठगीनबाट जोगिने अवस्थाको ग्यारेन्टी हुने गरी सरकारलाई निर्देशन दिनुपर्ने उहाँले सुझाव प्रस्तुत गरे। 

    अर्का सांसद विन्दा पाण्डेले दर्ता भएका कम्पनीले पूर्वाधार पूरा गरेको÷नगरेको विषयमा काम शुरु गर्नु अघि नै सम्बन्धित मन्त्रालयमार्फत समितिमा जानकारी गराउने व्यवस्था राख्नु जरुरी रहेको बताए।

    सांसद देवेन्द्र पौडेलले नेटवर्किङ व्यवसाय झै अर्काे सदस्य बनाउँदा अतिरिक्त कमिसन पाउने व्यवस्थाको अन्त्य गर्ने प्रावधान जरुरी छ भन्नुभयो । उहाँले त्यस्ता कम्पनीले वस्तुको गुणस्तर प्रमाणित गर्नुपर्ने शर्तबाट पछि हट्न नहुनेतर्फ समितिको ध्यानाकर्षण गराए।

समितिलाई सुझाव प्रस्तुत गर्दै उनले भने, “कुनै विदेशीले वस्तु उत्पादन गर्छ, त्यसलाई प्रमाणित नगरी उपभोक्तामा जाने अवस्था हुनसक्छ, त्यसतर्फ अहिले नै सचेत हुनुपर्छ ।” सो व्यवसायलाई थप व्यवस्थित गर्ने सम्बन्धमा सरकारलाई सुझाव दिन यसअघि समितिले सांसद सोमप्रसाद पाण्डेयको नेतृत्वमा उपसमिति बनाएको थियो । उपसमितिले समितिलाई यसअघि नै प्रतिवेदन बुझाइसकेको छ । 

    समितिले उपसमितिको प्रतिवेदनका बुँदामा छलफल गरी  सदस्यबाट आज प्राप्त सुझावका आधारमा परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गर्ने निर्णय गरेको सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए। सोही आधारमा समितिले सरकारलाई आवश्यक निर्देश गर्ने जनाइएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x