७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-७ मदनचोक डेरा गरी बस्ने झापा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी घर भएका ३५ वर्षीय किरण राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले बिहीबार ती बालिकालाई पैसाको प्रलोभनमा पारी ललाई फकाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्