विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । आइतबार रातिसम्म विश्वभर कोरोनाबाट १० लाख ३४१ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।
चीनको उहानबाट सुरु भएको कोरोनाभाइरसले यतिबेला विश्वनै प्रभावित रहेको छ भने यही महामारीका कारण आतंक आर्थिक क्षेत्र तहसनहस हुनुका साथै मानिसको चहलपहल समेत प्रभावित बनेको छ ।

आइतबारसम्म ३ करोड ३१ लाख ८१ हजारबढी संक्रमित समेत भएका छन् भने २ करोड ४५ लाख ६ हजार बढी रहेको छ । हालपनि करिब ७७ लाख सक्रिय संक्रमित विश्वभर रहेका छन् । हाल सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि भारतमा रहेका छन् ।  


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्