बारामा बसले स्कुटरलाई ठक्कर दिँदा ३ को मृत्यु

बारा। बारामा यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । आइतबार साँझ भएको सो दुर्घटनामा एकै परिवारका तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ  ।   
 साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका १ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं २९(३)००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट स्कुटरमा  चालक  निजगढ  नगरपालिका –१० लाल बस्ने  २६ वर्षीय तीर्थमान स्याङ्तान, निजकै श्रीमती  २३ वर्षीया ज्योति र   एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।   
बस चालक फरार भएको र निजको खोजतलास भइरहेको  उनले बताए ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्