×

NMB BANK
NIC ASIA

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम !

असोज १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ। हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन्। 

Muktinath Bank

सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने सबैभन्दा बढी छ। पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत छ। त्यसपछि तेस्रोमा माल्दिभ्स छ। त्यहाँ निको हुने दर ८६.६ प्रतिशत छ।  त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टा (आइतबार अपराह्नसम्म) मा ८ सय ८५ जना मात्रै  डिस्चार्ज भएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सार्क राष्ट्रमध्ये कतिपयले विशेष औषधि प्रयोग गरिरहेको हुन सक्ने बताउँछन्। ‘ बंगलादेशलगायत केही मुलुकले विशेष औषधि चलाएका पनि छन्। त्यसकारण पनि नेपालबाहेकका मुलुकमा कोरोनाबाट निको हुने दर बढेको हुन सक्छ’, डा. मरासिनी भन्छन्। 


Advertisment
Nabil box
Kumari

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने खाँचो देखिएको बताउँछन्। ‘रोग लाग्नबाटै जोगाउने कार्यलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ’, डा. प्याकुरेल भन्छन्, ‘संक्रममण भइहाल्यो भने पनि तुरुन्तै उद्धार गरी उपचारमा पहुँच पु¥याउनुपर्छ।’ 

Vianet communication
Laxmi Bank

कसरी बढे सक्रिय संक्रमित ? 

सीमावर्ती तराईका जिल्लाबाट काठमाडौं उपत्यकामा निर्बाध आवतजावत भइरहेकाले सक्रिय संक्रमित बढिरहेको विज्ञ बताउँछन्। लक्षणविहीन संक्रमितबाट पनि अन्यलाई संक्रमण भइरहेको छ। भारतबाट स्वदेश फिर्ती र तराईका जिल्लाबाट काठमाडौं निर्बाध आवतजावत भइरहेकाले सक्रिय संक्रमितहरू बढेको डा. मरासिनीको ठम्याइ छ। 

सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ। जुन २५.९ प्रतिशत हो। त्यसपछि सार्क मुलुकमध्ये भुटानमा २४.७, बंगलादेशमा २३.७, भारतमा १६.३, अफगानिस्तानमा १३.१, माल्दिभ्समा १३.०, श्रीलंकामा ५.२ र पाकिस्तानमा २.५ छ। 

मन्त्रालयका अनुसार आइतबार मात्रै मुलुकभर ५ सय २४ महिलासहित १ हजार ५ सय ७३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा २ सय ९४ महिलासहित ८ सय ९ जना छन्। कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। 

अन्यत्र मृत्यु घट्दा नेपालमा बढ्दो 

असोज दोस्रो सातासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक औसत ८ जना हाराहारी छ। मुलुकभर आइतबार कोरोनाबाट एक महिलासहित १० जनाको ज्यान गएको छ। असोज १ देखि १० गतेसम्म ७७ जनाले ज्यान गुमाएका छन्। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली विगतमा बाहिरी मुलुकबाट आएका युवामा कोरोना देखिएकाले मृत्युदर न्यून भएको सुनाउँछन्। ‘संक्रमणदर बढेको छ। संक्रमित हुने वृद्धवृद्धाको संख्या पनि उच्च छ’, कार्यकारी प्रमुख डा. ज्ञवाली भन्छन्, ‘त्यसैले रोग प्रतिरोधात्मक क्षमता न्यून भएका वृद्धवृद्धालाई निको बनाउने चुनौती छ।’

अन्य मुलुकझैं नेपालमा पनि कोरोना संक्रमितका लागि विभिन्न उपचार र विधि अपनाइएको छ। रेमडेसिभिर र प्लाज्मा थेरापीसहित अन्य आयुर्वेदिक औषधि पनि सेवन गराइएको छ। तापनि, मृत्युदर सार्क मुलुकमध्ये नेपालमा उच्च देखिएको छ। 

नेपालमा एक महिनाअघि कोरोनाबाट हुने मृत्युदर ०.५० प्रतिशत थियो। अहिले  ०.६ प्रतिशत छ। भारतमा एक महिनाअघि मृत्युदर १.८४ प्रतिशत थियो। अहिले १.६ प्रतिशत छ। श्रीलंकामा ०.४ प्रतिशत छ। त्यहाँ एक महिनाअघि ०.४० प्रतिशत थियो। सार्क मुलुकमध्ये भुटानमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

नेपालमा सक्रिय र गम्भीर खालका बिरामी बढेका कारण मृत्युदर पनि बढेको विज्ञको दाबी छ। वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बम नेपालका ज्येष्ठ नागरिक कुनै न कुनै दीर्घरोगले पीडित भइरहेकाले कोरोना संक्रमणपछि निको पार्न कठिन हुने बताउँछन्। ‘कोरोना संक्रमणपछि निमोनिया भएर ज्यान गुमाएका युवाहरू न्यून छन्’, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा. बम भन्छन्, ‘लामो समयदेखि दम भएका वा मिर्गौला बिग्रेका व्यक्तिको बढी मृत्यु भएको छ। लामो समयदेखि कलेजो, मुटुजस्ता दीर्घ रोगको औषधि सेवन गरिरहेका वृद्धवृद्धाको पनि ज्यान गएको छ।’ 

रोग प्रतिरोधात्मक क्षमता न्यून भएका कारण पनि नेपालमा निको हुने दर घट्न पुगेको चिकित्सकको भनाइ छ। एक महिनाअघिसम्म नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च भएको बखान गर्नेहरू धेरै थिए। निको हुने दर पनि उच्च थियो। स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले भनेका थिए,  ‘सार्क मुलुकमध्ये नेपालमा कोरोना संक्रमणबाट निको हुने दर उच्च छ।’ अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x