×

NMB BANK
NIC ASIA

भागबण्डा मिलाउन ३ मन्त्रालय टुक्राइंदै, कुन कुन टुक्रिएला ?

असोज १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ। 

Sagarmatha Cement
Muktinath Bank

संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन्। यसो गर्दा अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ। भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी समझदारी बनेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद् पुनर्गठन गर्दा तय गरिने मापदण्ड, पूर्वसमूहका आधारमा भागबन्डाको संख्या र मन्त्रालय छिनोफानो भएपछि मात्रै पात्रका नाममा समझदारी खोजिने भएको छ । त्यसपछि मन्त्रिपरिषद् बैठक राखेर निर्णय लिने तयारी दुई अध्यक्षबीच छ।


Advertisment
Nabil box
Kumari

अहिले २१ वटा मन्त्रालय छन्, अब २४ हुनेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २५ मन्त्रालय बनाउने गरी दुई अध्यक्षबीच समझदारी बनेको स्रोतको भनाइ छ।

Vianet communication
Laxmi Bank

पूर्वसमूहका आधारमा भागबन्डा गर्ने विषयमा पनि दुई अध्यक्षबीच छलफल सुरु भएको छ। दाहालले प्रधानमन्त्रीसहित २५ मन्त्रालयमा १० वटा पूर्वमाओवादी समूहलाई दिनुपर्ने, बाँकी १५ मा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहितलाई प्रधानमन्त्री ओलीले व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेका छन्। ओलीले भने ९ मन्त्रालय मात्र पूर्वमाओवादी समूहलाई दिन सकिने बताइरहेका छन्। एउटा मन्त्रालयमा कुरा नमिलेको स्रोत बताउँछ।

नेकपा स्थायी समितिको २६ भदौमा सम्पन्न बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो। सोही प्रस्ताव कार्यान्वयनका क्रममा ४ असोजमा पार्टी सचिवालयमा नेताहरूले छलफल गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्रीबाहेक सबै टिम फेर्ने, दुई वर्ष पूरा भएकालाई बिदाइ गरी नयाँ ल्याउने या कार्यक्षमताका आधारमा मात्र फेर्ने भन्ने विकल्पमा छलफल चलेको थियो। कुन विधिमा जाने भन्नेमा शीर्ष नेताहरूकै मत बाझिएको थियो।

त्यसपछि दुई अध्यक्ष पहिला छलफल गरी सचिवालय सदस्यको सुझावका आधारमा मापदण्ड तय गर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी अगाडि बढेका हुन्। बिहीबार, शुक्रबार र आइतबार छलफलमा बसे पनि यही विधिमा जाने भन्नेमा ओली र दाहाल समझदारीमा पुगेका छैनन्। 

ओलीले रिक्त रहेका र टुक्राइने मन्त्रालयमा मात्र अहिले नियुक्ति गरेर जाँदा हुने बताए पनि त्यसमा दाहाललगायत नेता सहमत नभएपछि केही मन्त्रीलाई फेरबदल गर्ने प्रयास जारी छ। तर, झिक्ने र नयाँ लैजाने मन्त्रीहरूको मापदण्ड केलाई बनाउने भन्नेमा कुरा मिलेको छैन। आइतबारको छलफल पनि यही विषयमा नमिलेपछि पुनः सोमबार बस्ने गरी ओली र दाहाल उठेका थिए। प्रधानमन्त्री ओली छिटोभन्दा छिटो मन्त्रिपरिषद् पुनर्गठन गरेर जानुपर्ने पक्षमा उभिएका छन्। दाहाल भने वरिष्ठ नेता नेपाललगायत पार्टीका अन्य समूहलाई पनि सन्तुलन मिलाएर जानुपर्ने पक्षमा देखिएका छन्। 

दुई  अध्यक्षबीच सम्भावित पात्रहरूबारे पनि छलफल सुरु भएको छ। ओलीले त्यसका लागि मन्त्रीहरूसँग एकल र सामूहिक रूपमा छलफल चलाइरहेका छन्। दुई अध्यक्षको छलफलपछि आइतबारै मन्त्रिपरिषद् बैठक बसेको थियो। ओलीले त्यसलगत्तै पूर्वमाओवादी धारका मन्त्रीहरू रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणि पोखरेललगायतसँग अलग्गै छलफल गरेका थिए। उनले शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतसँग छलफल गरेका थिए। 

दाहालले ओलीसँगको छलफलबारे वरिष्ठ नेता नेपाललाई ब्रिफिङ गरेका थिए। उनले शुक्रबार उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता नेपालसँग सामूहिक रूपमा छलफल गरेका हुन्। दाहालले आइतबार बिहान गृहमन्त्री थापा र ऊर्जामन्त्री पुन, शिक्षामन्त्री पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहित स्थायी समिति सदस्य जनार्दन शर्मासँग छलफल गरेका थिए। दाहालले थापालाई उपप्रधान लिएर मन्त्रालय हेरफेरको चाहना छ कि भनी जिज्ञासा राखेको सोतले जनाएको छ। थापाले भने आफू सरकारमा रहे गृहकै जिम्मेवारीमा रहने बताएका थिए। 

प्रधानमन्त्रीको चाहना भने उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापालाई पुनर्गठन हुने मन्त्रिपरिषद्मा पनि समावेश गर्ने देखिएको छ। दाहालले थापाको मन्त्रालयका सन्दर्भमा एकपटक आफूले छलफल गर्ने बताएपछि आइतबार बिहान दाहाल–थापा भेट भएको थियो। प्रधानमन्त्रीले ऊर्जामन्त्री पुन र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि मन्त्रिपरिषद्मा राख्न चाहिरहेका छन्। अन्य मन्त्रीका हकमा पनि उनले झिक्ने विषयमा त्यति रुचि नदेखाएको स्रोत बताउँछन्। तर, दाहालसँगको सहमतिका आधारमा मन्त्री झिक्नै परे पनि बढीमा १० जना आसपासमा मात्र फेर्ने योजनामा ओली देखिएका छन्। गृहमा मन्त्री थापालाई नै प्रधानमन्त्री ओलीले यथावत् राख्न चाहेका छन्। 

‘अहिलेसम्म मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूको नाममा छलफल चलेको देखिन्छ, कसलाई राख्ने, झिक्ने या मन्त्रालय हेरफेर गर्ने भन्ने गरी। तर नयाँ मन्त्री कसलाई बनाउने भन्नेमा भने छलफल भइसकेको छैन’, बालुवाटार स्रोतले अन्नपूर्णसँग भन्यो, ‘पहिले संख्या र मापदण्ड बन्यो भने त्यसपछि नयाँको नाममा छलफल होला।’  अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x