×

NMB BANK
NIC ASIA

इतिहासको पानाबाट

राजा महेन्द्र र बेलायती रानीको ६० वर्षअघिको दुर्लभ भिडियो, हात्ती चढेर यसरी ढाले बाघ [भिडियो]

असोज १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

करीब ६० वर्षअघिको नेपाल र काठमाडौंको जनजीवन कस्तो थियो होला ? धेरैलाई कौतुहलता हुन्छ । आधा शताब्दीभन्दा अगाडिको नेपाल र यहाँको जीवनशैली धेरैका लागि रुचिकर हुनसक्छ ।

Sagarmatha Cement
Muktinath Bank

बेलायती महारानी एलिजाबेथ द्वितीया सन् १९६१ मा नेपाल आउँदाको भिडियोले त्यो बेलाको नेपालको अवस्था बुझ्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रानी एजिलाबेथ काठमाडौं आउँदा तत्कालीन राजा महेन्द्र उनको स्वागतका लागि विमानस्थलमा पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

विमानस्थलबाट राजा महेन्द्र र बेलायती महारानी एउटै बग्गीमा चढेर दरबार गएको दृष्य देखिन्छ । रानी रत्न र बेलायती प्रिन्स फिलिप अर्को बग्गीमा बसे ।

Vianet communication
Laxmi Bank

बेलायती समाचार संस्थाले बनाएको भिडियोमा त्यो बेला काठमाडौंको जनसंख्या एक लाख भएको भनिएको छ । 

वसन्तपुरमा मानिसहरू भेला भएका देखिन्छन् । किसानहरूले खर्पनमा तरकारी बोकेर हिँडेका छन् । एक जनाले खर्पनमा राखेर आफ्नो बच्चालाई बोकेका छन् ।

त्यो बेलाका मानिसहरूले दौरा सुरुवाल लगाएर कपडाको बर्को ओडेको देखिन्छ । बेलायती रानीको स्वागतका लागि विमानस्थलमा अस्थायी स्वागतद्वार बनाइएको छ । विमानस्थलले अहिलेको स्वरूप धारण गरेको थिएन ।

महारानीको स्वागतका लागि काठमाडौंका सर्वसाधारण विमानस्थलमा पुगेका थिए । स्वागतका लागि उपस्थित भएका कतिपय सर्वसाधारण खाली खुट्टा देखिन्छन् भने अधिकांश पुरुष सेतो टोपी लगाएका देखिन्छन् ।

एक जनाले खर्पनमा गाग्री बोकेर उपस्थितलाई करुवाबाट पानी खुवाएका थिए । अधिकांशले निधारमा टीका लगाएका छन् ।

बेलायती रानीको स्वागतमा पनि त्यति धेरै सुरक्षाकर्मी परिचालन गरेको देखिँदैन । हिउँदको मौसमको त्यो दिन काठमाडौंको आकाशमा धुम्म बादल लागेको देखिन्छ ।

सन् १९६१ को फ्रेबुअरी २६ देखि मार्च १ सम्म भ्रमण भएको थियो । 

आँखीझ्यालसहितको अस्थायी स्वागतद्वारमा सल्लाको पात (सल्लीपिरल) राखेको देखिन्छ । जब बेलायती रानी चढेको विमान आयो, राजा महेन्द्र उनको स्वागतका लागि अगाडि बढेका थिए । 

रोचक कुरा, त्यो बेला राजा महेन्द्र र रानी रत्नले हातमा पञ्जा लगाएको देखिन्छ । जाडो महिना भएकाले रानी एलिजाबेथले हातमा एउटा स्वेटर राखेकी रहिछन् ।

रानी एलिजाबेथलाई रिसल्लासहित घोडाको बग्गीमा चढाएर नारायणहिटी दरबारतिर लगिँदै गरेको देखिन्छ ।

राजारानीको सवारीका लागि उपस्थित भएका सर्वसाधारणले ताली बजाएर स्वागत गरेका छन् । 

विमानस्थलबाट बाहिर निस्किँदै गर्दा एलिजाबेथले सर्वसाधारण जनतालाई हात हल्लाएर अभिनन्दन गरेकी छिन् ।

महारानी एलिजाबेथ चितवन राष्ट्रिय निकुञ्जमा गएर बाघको शिकार गरेको देखिन्छ । बाघको शिकारका लागि ३ सय २७ हात्तीको प्रयोग गरेको देखिन्छ । उनी हात्ती चढेर शिकारका लागि गएकी थिइन् ।

बेलायती रानीको चितवन भ्रमणलाई लक्षित गरेरै चितवनको मेघौलीमा विमानस्थल निर्माण गरिएको थियो । सो विमानस्थल अहिले भने बन्द छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र कम्मरमा पेस्तोल बोकेका राजा महेन्द्रले गोली हानेर मारिएको बाघको नजिकबाट निरीक्षण गरेको भिडियोमा देखिन्छ ।

त्यो बेला मारिएको बाघ ८ फिटको थियो । राजा महाराजाहरूलाई निकुञ्जमा शिकार खेल्न छूट थियो ।

रानी एलिजाबेथ पोखराको भ्रमणमा पनि गएकी थिइन्, त्यहाँ उनलाई ब्रिटिस गोर्खा सैनिकले स्वागत गरेका थिए । पोखरामा बालिकाहरूले बेलायतको झण्डा हल्लाउँदै रानीको स्वागत गरे ।

नाकमा बुलाकी र घाँटीमा मडरी लगाएका महिलाहरू उनको स्वागतका लागि आएका थिए । महारानीले बेलायती पूर्व सैनिकहरूले लगाएका तक्मा बडो उत्सुकतापूवर्क हेरेकी थिइन् ।

रानी एलिजाबेथले सन् १९८६ को फ्रेबुअरीमा दोस्रो भ्रमण गरेकी थिइन् । दोस्रोपटक भ्रमण गर्दा नेपालमा राजा वीरेन्द्र थिए । 

बेलायती रानीको स्वागतका लागि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत विमानस्थल गएका थिए । 

हेर्नुहोस्, भिडियो :(सौजन्य : British Pathé)

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x