×

NMB BANK
NIC ASIA

विश्वमा विश्वसनीयता गुमाउँदै अमेरिका, के फेरि महान् बन्ला ?

असोज १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवार द न्युयोर्क टाइम्सले एक आलेख प्रकाशन गरेको छ जसमा म्यान्मारका राजनीतिक विश्लेषक उ आङ थु नाइनले ‘अमेरिका पहिलो विश्वको मुलुक हो तर तेस्रो विश्वको मुलुकको जस्तो व्यवहार गरिरहेको छ’ लेखे । 

Sagarmatha Cement
Muktinath Bank

क्यानडाको एक शहर सार्नियाका मेयर माइक ब्राड्लीले एक रिपोर्टमा अहिलेको अमेरिकाले ‘रोमन साम्राज्यको पतन’ को याद दिलाउने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वास्तवमा विकासशील मुलुकहरू अर्थतन्त्र र औद्योगिक आधुनिकीकरणका सवालमा अमेरिकाभन्दा पछि होलान् । तर अमेरिकाभन्दा भिन्न यी मुलुकहरूले कोभिड–१९ का केस र मृत्युमा ‘विश्वको नेतृत्व’ गर्दैनन् अनि उनीहरूले


Advertisment
Nabil box
Kumari

केही अमेरिकी राजनीतिकर्मीहरूको जस्तो आपराधिक व्यवहार पनि गर्दैनन् । 

Vianet communication
Laxmi Bank

पिउ रिसर्च सेन्टरले १३ वटा देशमा हालै गरेको एक सर्वेक्षणमा अमेरिकाको अन्तर्राष्ट्रिय छवि बिग्रिएको देखाएको छ । महामारीको व्यवस्थापनमा अमेरिका चुकेको धारणा  उसका साझेदारहरू क्यानडा, जापान र अस्ट्रेलिया समेतले राख्ने गरेका छन् । 

तर ट्रम्प प्रशासनले देशको छवि र राजनीतिक प्रणालीको खुलापनबीच कुनै साइनो नरहेको प्रमाणित गरेको छ । 

केही अमेरिकीहरू संसारसमक्ष लोकतन्त्र र स्वतन्त्रताको अमेरिकी मूल्यमान्यता प्रवर्द्धनमा गर्व गर्ने गरेका छन् । तर विश्वमा परिवर्तन आइरहँदा यसले अब काम गर्दैन भन्ने उनीहरूलाई थाहा हुन थालेको छ । कथित अमेरिकी मूल्यमान्यताले अमेरिकीहरूलाई अनि विश्वलाई पनि झुक्याएको छ । अहिले अमेरिकाका मूल्यमान्यता जोखिममा छन् र उक्त देशको वैश्विक नेतृत्व पतनको बाटोमा छ । 

अहिले अमेरिका बढ्दो महामारी, जातीय विभेद, सामाजिक विभाजन तथा राजनीतिक दलहरूबीचको द्वन्द्व लगायतका राष्ट्रिय समस्या समाधान गर्न असमर्थ छ । वाशिङटनले देशमा उठिरहेको असन्तोषबाट ध्यान हटाउन बाहिरका समस्या देखाउन थालेको छ । अमेरिका अकर्मण्य भएको र थप पतनको बाटोमा गएको यो संकेत हो । 

अमेरिका धेरै देशका लागि अनुकरणीय आदर्श थियो । संसारभरिका विद्यार्थीहरूले त्यहाँ गएर पढ्न रुचाउँथे । तर अहिले संसारको सबभन्दा शक्तिशाली मुलुक कमजोर र अव्यवस्थित छ र उसले निरन्तर सामाजिक व्यवस्थामा खलल पुर्‍याइरहेको छ । यस्ता परिवर्तनको सबभन्दा ठूलो कारक तत्त्व ट्रम्प प्रशासन हो । 

तर ट्रम्प प्रशासनको उदय कुनै संयोग हैन । यो अमेरिकी सभ्यता र उसको राजनीतिक प्रणालीको विकासको अवश्यम्भावी उत्पादन हो । ट्रम्प निर्वाचित नभएको भए पनि उनी जस्ता अर्का राजनीतिकर्मीले सर्वोच्च पद ढिलोचाँडो सम्हाल्थ्यो । विश्वव्यापीकरणले अमेरिकी समाजका अनेकौं समस्यालाई चर्काएकाले अमेरिकाले नैतिक मुकुण्डोको ढोङ उतारेर आफ्नो सही प्रकृति उजागर गर्ने नै थियो । 

अमेरिका विश्वव्यापीकरणको अनुकूल बन्नका लागि लामो समय बिताउन चाहँदैन । अन्य मुलुकलाई प्रगति गर्न र नेतृत्व लिनबाट रोक्नका लागि ऊ सीधा र व्यापक उपाय अपनाउने आशा गरिरहेको छ । 

विभिन्न राष्ट्रिय समस्या र लाजमर्दो महामारी व्यवस्थापनको सामना गरिरहेको अमेरिका सूर्यास्तको समयमा प्रवेश गरिरहेको छ । के अमेरिका फेरि महान् बन्ला ?

ग्लोबल टाइम्समा प्रकाशित ली चिङचिङको आलेख 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x