×

NMB BANK
NIC ASIA

मन्त्रालयमा मन्त्रीका स्वकीय सचिवको रजाइँ, सचिवलाई नै कार्यकक्षमा प्रवेश निषेध !

असोज १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरुवा भएर २ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आएकी सचिव सम्झना काफ्लेले कार्यालयमा हाजिरी गर्न पाएकी छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

असोज ७ गते बुधवार नै मन्त्रालयमा पुगेकी काफ्लेले हालसम्म न त कार्यकक्षमा प्रवेश गर्न पाएकी छन्, न त हाजिरी पुस्तिकामा हाजिरी गर्न पाएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘असोज ७ गते मन्त्रालयमा हाजिर हुन गएको बेला मैले न त आफ्नो च्याम्बर पाएँ, न त हाजिरी रजिस्टर नै पाएँ,’ काफ्लेले लोकान्तरसँग भनिन्, ‘मन्त्रीज्यूका स्वकीय सचिवले मेरो कार्यकक्षको ढोकामा ताला बन्द गरेका थिए र हाजिरी पुस्तिका पनि उनले नै आफ्नो कब्जामा राखेका थिए ।’ स्वागत तथा परिचयको क्रममा सबै कर्मचारीले अनुशासनको दायरामा नै बसे पनि मन्त्रीका स्वकीय सचिवले बाहिरका केही व्यक्ति बोलाएर कर्मचारीविरुद्ध हल्लाखल्ला गराउने र दुर्व्यवहार गराउने काम गरेको उनले बताइन् ।


Advertisment
Nabil box
Kumari

कार्यकक्षमा प्रवेश गर्न नपाए पनि आफूले पत्र बनाएर मन्त्रालयमा हाजिर भइसकेको पत्र संघीय सरकारको सामान्य प्रशासन मन्त्रालय, आफू रवाना भएर आएको निकाय पशु सेवा विभाग, प्रदेशको मुख्यमन्त्री कार्यालय, निजामती किताबखाना, कर्मचारी सञ्चय कोष लगायतका निकायमा जानकारी गराइसकेको उनले बताइन् । ‘मन्त्रालयमा अवरोध गरिएको भए पनि औपचारिक रूपमा असोज ७ गते नै म हाजिर भइसकेको छु,’ सचिव काफ्लेले भनिन्, ‘मधेश भवनस्थित निवास समेत पाएको र मन्त्रालयको गाडी र सवारी चालक समेत पाएर मन्त्रालयका विभिन्न निकायको अनुगमन समेत गर्दैछु ।’

Vianet communication
Laxmi Bank

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहका स्वकीय सचिव नवनीत झा हुन् । झाले नै हाजिरी पुस्तिका कब्जामा राखेको कारण बुधवारदेखि आइतवारसम्म मन्त्रालयका बाँकी कर्मचारीले समेत हाजिरी गर्न पाएका छैनन् । ‘बुधवारदेखि मन्त्रालयका कर्मचारीले पनि हाजिरी पुस्तिका नपाएका कारण हाजिरी गर्न पाएका छैनन्,’ मन्त्रालयमा यसअघि निमित्त सचिव रहेका विजयकुमार महतोले भने ।

सचिवको कार्यकक्षमा ताला लगाउने तथा हाजिरी पुस्तिका कब्जामा लिने अधिकार स्वकीय सचिवको  नहुने हुँदा गैरकानूनी काम भएकाले कर्मचारीले हाजिरी गर्न नपाएको ३ दिनको हाजिरी के गर्ने भन्ने विषयमा प्रमुख सचिवसँग छलफलपछि निर्णय लिइने काफ्लेले बताइन् ।

कम्तिमा १ वर्ष पनि नहुँदै सचिवहरूको सरुवा हुने भएकाले विरोधस्वरूप कार्यकक्षमा तालाबन्दी गरिएको मन्त्री साहका स्वकीय सचिव झाले बताए । ‘मन्त्रीज्यूले मुख्यमन्त्री कार्यालयदेखि संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयसम्म कम समयमै सचिवको सरुवा नगर्न भनेर पत्राचारसहित डेलिगेसन नै गएको भए पनि ६ महिना नबित्दै सरुवा गरिदिने गरेका छन्,’ झाले भने, ‘त्यसैको विरोध स्वरूप हाजिर हुन अवरोध गरिएको हो ।’ सचिवको ढोकामा ताला लगाएको भए पनि हाजिरी पुस्तिका आफ्नो कब्जामा नरहेको तथा कर्मचारीकै जिम्मामा रहेको उनले दाबी गरे ।

‘कहिले कृषि त कहिले भेटेरिनरीका सचिव आउँछन्, काम बुझ्न नै १–२ महिना लाग्छ । काम बुझ्न थाल्यो र अलि गति लियो कि सचिवको सरुवा भइहाल्छ,’ झाले भने, ‘त्यसकारण कार्यसम्पादन राम्रो तरिकाले हुँदैन ।’ छोटो समयमै सचिवको सरुवा गर्ने संघ सरकारको प्रवृत्तिको विरोध स्वरूप सचिवलाई हाजिरी हुन नदिइएको उनले बताए ।

मन्त्रालयमा शुरूमा डा. विजयचन्द्र झा, डा. वंशी शर्मा, फेरि डा. विजयचन्द्र झा, गोविन्दप्रसाद शर्मा, विमल कुमार निर्मल सचिव भइसकेका छन् । पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्ले हाल सचिव भएर आएकी छन् । सचिवहरू सरुवा भएर जाने गरेपछि मन्त्रालयको नापी विभागका प्रमुख विजय कुमार महतोलाई निमित्त सचिव बनाउने गरिएको छ ।

‘अहिलेसम्म १२ पटकभन्दा पनि बढी मन्त्रालयको निमित्त सचिव भइसकेको छु,’ महतोले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x