छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

आफ्नै छोरीको बलात्कार गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरी हिरासतमा लिएको छ ।

१४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
 
पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।


Advertisement

प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ । 

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदा समेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् । आरोपित बुवाले आफूलाई ५ वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने १ जनासँग भागेर  काठमाडौं जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो ।


Advertisement

कमेन्ट गर्नुहोस्