×

NMB BANK
NIC ASIA

एकता महाधिवेशनतर्फ केन्द्रित हुँदै राप्रपा

असोज १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं । पार्टी एकता पश्चात राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)महाधिवेशन केन्द्रित भएको छ। पार्टीले आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गने निर्णय गरिसकेको छ।
राप्रपाको यसपटक महाधिवेशन प्रतिनिधि सकृय सदस्यताको आधारमा छनौट हुने बताइएको छ ।

Muktinath Bank

 महाधिवेशनमा गाउँ पालिका, नगर, प्रदेश सभा क्षेत्र,संघीय क्षेत्र र जिल्ला अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । प्रत्येक प्रदेश सभा क्षेत्रीय कार्य समितिबाट ८ जना महाधिवेशन प्रतिनिधि छनौट गरिने छ ।
प्रतिनिधिमा महिला,जनजाति,उत्पीडित,थारु र पिछडिएको बर्गको सहभागिता सुनिश्चित गरिएको छ। महाधिवेशन प्रतिनिधि बन्नको निमित्त गाउँ पालिका,नगरपालिका ,उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्युनतम सकृय सदस्य सख्या निर्धारण गरिएको छ। तोकिएको सदस्य संख्या भन्दा दुई गुणा सक्रिय सदस्यता बनाए थप एक महाधिवेशन प्रतिनिधि बन्न सक्ने समेत नीति बनाइएको छ । पार्टी अध्यक्षत्रयको उपस्थितिमा आज महाधिवेशन केन्द्रित विशेष कार्ययोजना प्रस्तुत गरिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी अध्यक्ष कमल थापाले  कार्यतालिका र समय सीमालाई मध्यनजर गर्दै महाधिवेशन केन्द्रित हुनुपर्नेमा जोड दिए। कार्ययोजना प्रस्तुत गर्दै थापाले महाधिवेशनलाई संगठन निर्माणमा उपयोग गर्दै बैकल्पिक शक्तिको रुपमा  पार्टीलाई स्थापित गर्ने गरि काम गर्नुपर्ने आवश्यकता औंल्याए। पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले सत्तारूढ दलको अकर्मण्यता र प्रतिपक्षी दलको प्रभाबहिन भुमिकाबाट जनतामा निराशा छोएकाले राप्रपा जनताको मन जितेर बलियो बन्नु पर्ने बिचार ब्यक्त गरे । अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले तल्लो तहसम्मको संगठन निर्माण अहिलेको प्रमुख आवश्यकता भएकोले संगठन सुदृढीकरण अभियानलाई महत्त्वका साथ देशव्यापी बनाउनु पर्ने बिचार ब्यक्त गरे ।  आगामी महाधिवेशनमा प्रवासबाट समेत प्रतिनिधि सहभागी हुने केन्द्रिय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x