विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित र मृतक

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ३४ लाख नजिक पुगेको छ । सोमबार रातिसम्म विश्वभर संक्रमितको संख्या ३ करोड ३३ लाख ९५ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालसम्म १० लाख ३ हजार ६ सय बढीको मृत्यु भएको छ भने निको हुनेको संख्या २ करोड ४७ लाख १ हजार बढी रहेको छ ।
यस्तै अहिले पनि विश्वभर ७६ लाख बढी सक्रिय संक्रमित रहेका छन् । हाल कोरोनाबाट सबैभन्दा बढी असर अमेरिकामा रहेको छ ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्