×

NMB BANK
NIC ASIA

कलिला बालक तस्करीको निशानामा, भारतबाट १८ नेपाली बालकको उद्धार

असोज १३, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

कोरोना महामारीका कारण साना नाकामा सुरक्षाकर्मीको निगरानी फितलो भएको मौका छोप्दै मानव तस्करले प्रलोभन दिएर नेपाली बालकलाई भारतका विभिन्न सहरमा पुर्‍याउने गरेको तथ्य खुलेको छ ।

Muktinath Bank

सोमबार साँझ भारतको राजधानी नयाँदिल्ली छेउको गाजियाबादबाट १८ नेपाली बालकको उद्धार भएपछि यसबारे खुलासा भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आकर्षक कमाइको प्रलोभन दिँदै काममा लगाइदिने भनेर तस्करहरूले ती बालक ल्याएका थिए । तर उनीहरूको योजना पूरा हुनुअघि नै प्रहरीले दिल्ली महिला आयोग र केआई नेपालसँगको समन्वयमा गाजियाबादबाट ती बालकलाई उद्धार गरेको हो ।


Advertisment
Nabil box
Kumari

१३ देखि १६ वर्ष उमेरका यी बालक नवलपरासी जिल्लाका हुन् । तीन जना दलालले नवलपरासीको ठुठीबारी नाका हुँदै ती बालकलाई भारतमा पुर्‍याएको केआई नेपालका भारत प्रतिनिधि नवीन जोशीले बताए । ‘राम्रो कमाइ हुने काममा लगाइदिन्छु भन्दै दलालहरूले ल्याएका रहेछन्,’ उनले भने ।

Vianet communication
Laxmi Bank

मानव तस्करले नेपाली बालकलाई दिल्ली पुर्‍याउन लागेको गोप्य सूचनाका आधारमा स्थानीय प्रहरीले नेपालबाट आउने गाडीहरूमा निगरानी बढाएको थियो । प्रहरीले तस्करीमा संलग्न तीन जनालाई पनि नियन्त्रणमा लिएको छ ।

उद्धार गरिएका सबै बालकलाई दिल्ली महिला आयोगको आश्रयस्थलमा राखिएको छ । खाडीलगायत विभिन्न मुलुक पठाइदिने भन्दै नेपाली महिलालाई भारतको दिल्लीलगायत विभिन्न सहर पुर्‍याउन मानव तस्करको ठूलो सञ्जाल सक्रिय रहँदै आएको छ ।

मानव तस्करले यति ठूलो संख्यामा साना बालकलाई भारत पुर्‍याएको घटना भने नौलो हो । नेपाली बालकहरू आफन्तको साथ लागेर रोजगारीका लागि भारतका विभिन्न सहर आउनु सामान्य हो । तर, पछिल्लो घटनाले मानव तस्करले कलिला बालकलाई पनि आफ्नो निसानामा पार्न थालेको देखाउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x