×

NMB BANK
NIC ASIA

व्यास क्षेत्रमा सेनाको सफलता : खुल्यो घाटीबगर–छाङरु बाटो

असोज १३, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

नेपाली सेनाले व्यास जोड्ने घाटीबगर–छाङरु घोडेटो बाटोको ट्र्याक खोलेको छ ।

Muktinath Bank

दार्चुलाको व्यास गाउँपालिका–१ घाटीबगरस्थित मौर्‍याभीरमा खसेको पहिरोले एक वर्षदेखि उक्त बाटो बन्द थियो । बाटो खुलेपछि व्यास–१ स्थित छाङरु र टिंकरका बासिन्दालाई सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाले गत जेठ ९ गते ट्र्याक खोल्न सुरु गरेको थियो । असारमै ट्र्याक खोल्ने लक्ष्य लिए पनि प्रतिकूल मौसम, कडा चट्टानी भूगोल र निर्माण सामग्री ढुवानीमा समय लागेकाले ढिलाइ भएको सेनाले जनाएको छ । घाटीबगरको कडा चट्टानी भूभाग फोडेर साढे ५ सय मिटर लम्बाइको ट्र्याक खोलिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘दुई मिटर चौडा बाटोको ट्र्याक खोलिसकिएको छ । उक्त क्षेत्रमा बाटो सफाइ गर्ने कार्य चालु छ,’ उनले भने, ‘बाटो सम्याउन तीन/चार दिन लाग्न सक्छ ।’ केही दिनमै स्थानीयस्तरमा घोडेटो बाटो हस्तान्तरण गरिने उनको भनाइ छ । व्यास जान सबैभन्दा अप्ठ्यारो मानिएको उक्त ठाउँमा ट्र्याक खुलेपछि स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ ।

Vianet communication
Laxmi Bank

नेपालको बाटो बन्द हुँदा उनीहरूले भारतीय बाटो प्रयोग गर्दै आएका थिए । तर, यस वर्ष कोरोनाले सीमानाकाहरू बन्द भएपछि सकसपूर्ण रूपमा बेंसीबाट गाउँ उक्लेका थिए । सुरक्षाकर्मीहरू पनि हेलिकप्टर प्रयोग गरेर छाङरु र टिंकर पुगेका थिए ।

व्यास–१ टिंकरका मोहनसिंह टिंकरीका अनुसार बाटो नहुँदा छाङरु र टिंकरवासी सदरमुकाम खलंगा आउन पाएका थिएनन् भने सदरमुकाममा रहेका स्थानीय गाउँ फर्किन सकेका थिएनन् । घाटीबगरमा बाटो खुलेपछि गाउँबाट सदरमुकाम आउजाउ गर्न सहज हुने उनको विश्वास छ । छाङरु र टिंकरका बासिन्दा ६ महिना व्यास र हिउँदका ६ महिना बेंसी (सदरमुकाम खलंगा) बस्ने गर्छन् ।

घाटीबगरमा सेनाले बाटो बनाए पनि अन्य धेरै ठाउँमा अवरोध रहेको दार्चुलाका उमेशसिंह खत्रीले बताए । ‘घाटीबगरको माथिल्लो क्षेत्रमा त्यति धेरै अप्ठ्यारो बाटो छैन,’ उनले भने, ‘घाटीबगर तलतिर सेनाको क्याम्प
नजिक घोडेटो बाटोमा महाकालीले कटान गरिरहेको छ । तम्बाकु, कल्जुलगायत तीन/चार ठाउँमा अझै बाटो निर्माण गर्नुपर्ने छ ।’

उनका अनुसार पहिले केही ठाउँमा मात्र व्यासको घोडेटो बाटो अवरुद्ध हुन्थ्यो । अहिले ठाउँठाउँमा महाकालीले कटान गरेर बाटो बगाएको छ । भारतले महाकाली किनारैकिनार सडक निर्माण गर्दा व्यासको घोडेटो बाटो खतरामा परेको हो । सडक खन्दा निस्किएको माटोढुंगा महाकाली किनारमा फाल्दा नदीको बहाव नेपालतर्फ फर्केर क्षति पुर्‍याएको खत्रीको भनाइ छ । कान्तिपुर दैनिकमा मनोज बडूले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x