×

NMB BANK
NIC ASIA

लगन बहालको मल्लकालीन इतिहास मेट्न खोजेको भन्दै स्थानीयको आक्रोश, सर्वोच्चसम्म पुग्यो मुद्दा

असोज १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

करीब ४ सय वर्ष पुरानो इतिहास बोकेको लगं बहाः (लगन बहाल) को पुरातात्विक महत्त्वलाई अस्तित्वविहीन बनाउने प्रयासको आरम्भ भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

Muktinath Bank

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको नाममा प्रताप मल्लकालीन इतिहासलाईनै अस्तित्वविहीन बनाउने गरी मुद्दा मामिलाको थालनी भएको भन्दै लगनटोलबासीले ऐतिहासिक सम्पदा संरक्षणका लागि एकताबद्ध भई त्यस्ता चलखेललाई निष्क्रिय बनाइदिने चेतावनी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिलखाना नमास्न माग गर्दै त्यो भन्दा धेरै पुरानो इतिहास बोकेको लगन बहाललाई ओझेलमा पार्ने काम भएपछि स्थानीय थप आक्रोशित भएका हुन् । अधिवक्ता प्रकाशमणि शर्मा, सञ्जय अधिकारी र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले शिलखाना नमास्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘प्राचीनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौंको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्त्वको विहार हो,’ स्थानीय शैलेश शाक्यले भने, ‘ती विहारमध्ये निर्माण गर्ने भनिएको लगं पार्क क्षेत्रमा प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । उक्त क्षेत्रमा प्रताप मल्लका छोराहरू नृपेन्द्र मल्ल र चक्रबदेन्द्र मल्लका पालाका शिलालेखहरू तथा चैत्यहरू अहिलेसम्म पनि यत्रतत्र छरिएर रहेका छन् ।’

Vianet communication
Laxmi Bank

उनका अनुसार प्रताप मल्लको पालादेखि नै अस्तित्वमा रहेको उक्त ठाउँको विहार कीर्तिपुण्य महाविहार लगं बहाको  कचा बहा (शाखा विहार)को रूपमा अवस्थित थियो ।   तर, अहिले भीमसेन थापाका भाइको इतिहाससँग जोडेर प्रताप मल्लकालीन ऐतिहासिक महत्त्वलाई ओझेल पार्ने काम भैरहेको स्थानीयहरूको गुनासो छ ।

‘भीमसेन थापाका भाइ रणवीरसिंह थापा (स्वामी अभयानन्द) को घरको मात्रै इतिहास उल्लेख गरी त्यहाँ रहेको तबेलाको समेत कुरा उल्लेख नगरी मल्लकालीन इतिहासलाई तोडमरोड गर्ने काम भैरहेको छ,’ उनले भने, ‘नृपेन्द्रमल्लका पालाको चैत्य तथा अन्य विहार र वास्तुकला अनुसारका कलाकृति अहिले पनि त्यहाँ पाइन्छ । त्यसले पनि यो मल्लकालीन सम्पदा हो भन्ने प्रमाण हुन्छ ।’ 

अन्तिम मल्ल राजा जयप्रकाश मल्लले दोस्री महारानी लगं बहालको शाक्य कुलकी पुत्री रहेको र उनको छोरालाई दरबारमा राजकुमार बनाउने चाहना पूरा नभएपछि मावली टोलमै भएको विहार लगं बहालमा बौद्ध परम्परा अनुसार चुडाकर्म (बरे छुयेगु) गरी विहार संघको सदस्य बनाएको इतिहास छ । 

शाक्यले छोराहरूलाई लगं बहालको बाहिरपट्टि रहेको अर्को विहार (जहाँ अहिले पार्क बनाउन लागिएको हो उक्त ठाउँमा) मा प्रतापमल्ल कालीन विहार जीर्णोद्वार गरी आफ्नो छोराहरूलाई बौद्ध विहारमा स्थापित गरेको इतिहास प्रमाण रहेको पनि जानकारी दिए ।

अहिले पनि त्यस स्थानमा ऐतिहासिक विहारका बौद्ध चैत्यका साथै विहारसँग सम्बन्धित अन्य मुर्ति र शिलापत्रसहितका भग्नावशेषहरू भेटिनुले पनि त्यहाँ बौद्ध विहार रहेको तथ्यलाई कसैले नकार्न नसकिने उनको तर्क छ ।

‘जयप्रकाश मल्लले वि.सं. १८०१ मा उक्त विहारमा बज्रधातू मण्डल तगायत अन्य बौद्ध मूर्तिहरू स्थापना गरेको विभिन्न शिलालेखको अध्ययनबाट प्रमाणित हुन्छ । त्यसैले यो क्षेत्र पौराणिक ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले अति नै महत्त्वपूर्ण स्थान हो,’ शाक्यले भने, ‘भीमसेन थापाका भाइलाई निर्माण गरिएको निजी निवास र तबेलाभन्दा मल्लकालीन बौद्ध विहार ऐतिहासिक  तथा पुरातात्त्विक दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको छ । त्यहाँ निर्माण गरेका बौद्ध विहार यहीँका स्थानीय जनताको पुर्खौली सम्पत्ति पनि हो । तर, अहिले रणवीरसिंह थापाको मात्रै इतिहास जोडेर मल्लकालीन इतिहास मेटाउने काम भएको छ ।  त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ ।’ 

उनले उक्त ऐतिहासिक स्थानमा काठमाडौं महानगरपालिकाले पार्क निर्माण गर्ने जानकारी पाएपछि आफूहरूले २०७६ साल जेठमा काठमाडौं महानगरपालिका सहरी योजना आयोगमा अस्तित्वमा रहेको बौद्ध विहार नै पुनर्निर्माण गर्न माग गर्दै निवेदन दिएको पनि जानकारी दिए ।

काठमाडौं माहानगरपालिकाले ऐतिहासिक र पुरातात्विक महत्त्वलाई जीवित राख्दै पार्क निर्माण गर्न पटक–पटक छलफल गरेपछि आफूहरू सकारात्मक भएको स्थानीयहरूको भनाइ छ । काठमाडौं महानगरपालिकाले पनि स्थानीय र थापाहरूसँगको पटक–पटकको छलफलपछि लगन विहार र शिलखाना दुवैको ऐतिहासिक महत्त्वलाई जीवित राख्दै खुला ठाउँको सदुपयोग गरी पार्क निर्माणको योजना अघि बढाएको जानकारी दिएको छ ।

घना बस्ती रहेको भित्री शहरको यो ऐतिहासिक तथा अद्वितीय कलाकृति भएको स्थानमा पुरातात्विक महत्त्वलाई जगेर्ना गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण होस भन्ने हेतुले पार्क निर्माणको कार्य अघि बढाएको पनि काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।  

‘पार्कसँगै ऐतिहासिक दस्तावेज र पुरात्वात्विक महत्त्वका सामग्री राख्नका लागि संग्रालय निर्माण गर्ने गरी काठमाडौं महानगरपालिकाले डिजाइन तयार पारेपछि र नाम पनि इतिहास नमेटिने गरी लगंपार्क राख्ने भनेपछि हामी सकारात्मक भएका हौँ,’ स्थानीय रिपक शाक्यले भने, ‘लगन टोल ऐतिहासिक महत्त्वको स्थान हो । भित्रि सहरमा घना बस्ती रहेको र खुला ठाउँ पनि निकै कम रहेको अवस्थामा खुला ठाउँको संरक्षण गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण गर्दै पार्क निर्माण गर्ने कुरामा हाम्रो समर्थन छ । तर, इतिहास नै मासेर संरचना निर्माण गर्ने काम हुन्छ भने कानुनी लडाईंको बाटो खोज्न बाध्य हुनेछौँ ।’ 

उनले लामो समय प्रधानमन्त्री बनेका भीमसेन थापाले उक्त क्षेत्र अतिक्रमण गर्दै शाक्यहरूलाई स्थानान्तरण गरी घर र तबेला बनाएको इतिहास रहेको पनि स्मरण गराए ।

‘उक्त घरमा प्रधानमन्त्री भीमसेन थापाका भाइ रणवीर सिंह थापालाई बस्ने व्यवस्था मिलाएका थिए,’ भने, ‘भीमसेन थापाको पतनपछि थापा परिवारलाई सर्वस्व हरणसहित देश निकाला गरेपछि उनीहरू छिन्नभिन्न भएका थिए । धेरै जस्तो भारततिर पनि भागेको इतिहास छ ।’ 

पछि राजाराजेन्द्र वीरविक्रम शाहकी कान्छी रानी राज्यलक्ष्मीले आफ्ना तर्फका छोरा रणेन्द्र विरविक्रमलाई राजा बनाउनका लागि भीमसेन थापाका भान्जा माथवरसिंह थापालाई भारतको शिमलाबाट नेपाल बोलाएको इतिहास छ । ‘विं सं. १९०० पुस १२ मा नेपालका मुख्तियार बनेका माथवरसिंह थापालाई १९०१ असोज ७ गते प्रधानमन्त्री र कमाण्डर इन चीफ समेत नियुक्ति गरेको र उनी शक्तिमा आएपछि थापाले लंग बहालको बाहिर जयप्रकाश मल्लले स्थापना गरेको उक्त विहार समेत नष्ट गरी रणवीरसिंह थापा बस्ने गरेको घरलाई समेत विस्तार गरेका थिए,’ शाक्यले भने, ‘उक्त विहारमा बासोबास गर्ने लगं बहाःका शाक्य परिवारलाई त्यहाँ भन्दा अलिक पर ध्वाखासी नाय्पाःच्व भन्ने ठाउँमा स्थानान्तरण गरे ।’ 

स्थानीयहरूले काठमाडौं महानगरपालिकालाई बुझाएको पत्रमा पनि सो ठाउँमा जयप्रकाश मल्लले जीर्णोदार गरेको विहार माथवरसिंह थापाले अतिक्रम गरी विहारको अस्तित्व  समाप्त गरेको व्यहोरा जोन के.लकले आफ्नो पुस्तक ‘बुद्धिष्ट मोनास्ट्रिज अफ नेपालमा समावेश भएको उल्लेख गरेका छन् ।

अहिले भवनमा रहेको विश्वरूपको भित्तेचित्रमा उल्लेखित मिति अनुसार यो संरचना वि.सं. १८७६ मा निर्माण भएको देखिन्छ । त्यसलाई आधार मान्ने हो भने पनि त्यो भवनको भन्दा त्यहाँको विहारको इतिहास धेरै पुरानो हो भन्ने प्रमाण हुन्छ ।

पछिल्लो समय शिलखानाका रूपमा प्रयोग हुँदै आएको उक्त भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो ।

‘शिलखाना रहेको पुरानो भवन लामो समयसम्म जीर्ण अवस्थामा थियो । वर्षातको समयमा भवनको एउटा खण्ड करीब एक दशक अघि नै भत्किएको थियो,’ शाक्यले भने, ‘बाँकी खण्ड पनि ०७२ सालको भूकम्पले भत्केपछि पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहभागितामा भग्नावशेषहरू सफा गरी खुला स्थान बनाइएको थियो ।’ 

सुशिल विक्रम थापालगायतले सर्वोच्चमा मुद्दा दायर गरेपछि अहिले पार्क निर्माणको काम रोकिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।  न्यायाधीश हरिकृष्ण कार्की र पुरुषोतम भण्डारीको असोज ८ को संयुक्त इजलासले असोज १८ को पेसी तोकेको छ । सर्वोच्चले शिलखानाको जगलाई असर नपर्ने गरी संरचना निर्माण गरेको प्रमाणसहित उपस्थित हुन दुबै पक्षलाई उपस्थित हुन भनेको छ ।

काठमाडौं महानगरपालिकाले भने सर्वोच्चमा मुद्दा चलिरहेको भन्दै यो विषयमा थप नबोल्ने बताएको छ ।  काठमाडौं महानगरपालिका सहरी योजना अयोगले तयार पारेको डिजाइन अनुसार यो स्थानमा पहिलाको भवनको स्वरूपलाई मूर्तरूप दिनका लागि त्यही स्थानमा भवनको जगले नओगटेको स्थानमा असर नपर्ने गरी पुरात्वात्तिक महत्त्वका सामग्रीहरू राख्न रेप्लिका (प्रतिरूप) संग्राहलय समेत निर्माण गरिने छ ।

सहरी योजना आयोगले डिजाइन तयार पार्दा पनि प्रतिष्ठानसँग पटक–पटक छलफल गरी अन्तिम रूप दिएको जानकारी दिएको छ ।

विपद्का बेलामा समेत मानवजीवन बचाउनका घनाबस्ती रहेको यस्तो स्थानमा दुवैको ऐतिहासिक महत्त्वलाई संरक्षण गर्दै सहमतिका साथ अघि बढेको पनि आयोगको भनाइ छ । ८ सय वर्गफिट जमिन ओगट्ने तीन तलाको भवन बनाउने डिजाइन तयार भएपनि प्रतिष्ठानका पदाधिकारीहरूकै माग अनुसार १२ सय वर्गफिट बनाएको पनि आयोगको दाबी छ ।  

२०७७ साल माघ मसान्तसम्ममा सम्पन्न गर्ने गरी कंडेल/के.एण्ड केजी/रमिता जे.भीले निर्माणको जिम्मा पाएको छ । यो पार्क करीब ४ करोड लागतमा निर्माण हुन लागेको हो ।   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x