×

NMB BANK
NIC ASIA

धुलिखेलका महिला मास्क सिलाउन व्यस्त

असोज १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त छिन् । बिहानदेखि बेलुकासम्ममा उनी करीब ७०–८० सम्म मास्क सिलाउँछिन् । ।

Muktinath Bank

१ हप्ता अगाडिदेखि उनले दैनिक रूपमा त्यसरी नै मास्क सिलाउँदै आएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि उनले पुनः प्रयोगमा ल्याउन मिल्ने स्यानेटरी प्याड सिलाउने गर्थिन् । पछिल्लो समयमा कोरोना कोभिड–१९ का कारण मास्कको माग बढी भएपछि अहिले मास्क सिलाउने काममा लागिरहेकी हुन् ।


Advertisment
Nabil box
Kumari

धुलिखेल उद्योग वाणिज्य संघको व्यवस्थापनमा मास्क उत्पादनको कार्यलाई अगाडि बढाएपछि उनी मास्क सिलाउने काममा व्यस्त छिन् । पहिला पनि सिलाइ नै गरिरहेकी उनले उद्योग वाणिज्य संघले मास्क उत्पादन गर्न सिलाइको काम थालनी गरेपछि त्यतातिर लागेको बताइन् ।

Vianet communication
Laxmi Bank

धुलिखेल नगरपालिका–७ का यशोधा श्रेष्ठ उत्पादन गरेको मास्क फिनिसिङ गर्ने र प्याकिङ गर्ने काम गर्छिन् । सबै जनाले १ हप्ताको तालिम लिएपछि निरन्तर मास्क सिलाइको काममा लाग्दै आएको उनले बताइन् । शुरूमा दिनको २/३ सय उत्पादन भएको थियो । अहिले ५ सयदेखि ५५० पिससम्म उत्पादन भएको छ । उत्पादन भएको मास्क अस्पताल र अन्य ठाउँमा बिक्री गर्ने गर्छिन् ।

उनले भनिन्, ‘निरन्तर रूपमा १३ जनाले काम गर्दै आउनुभएको छ ।’ धुलिखेल नगरपालिकाभित्रका विभिन्न वडाका महिला बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सिलाइमा व्यस्त छन् । बिहान–बेलुका घरको काम गर्ने र दिउँसो मास्क सिलाइ गरेर आम्दानी गर्दै आएका जनाइएको छ ।

उद्योग वाणिज्य संघले मास्क उत्पादन गर्ने कार्यलाई अगाडि बढाएपछि अहिले उनी जस्तै १३ जना महिला निरन्तर सो काममा लागिरहेका छन् । त्यसको लागि आवश्यक व्यवस्थापन धुलिखेल उद्योग वाणिज्य संघले गरिरहेको छ । उनीहरूले सर्जिकल मास्क र एन९५ गरी २ थरिको मास्क उत्पादन गरिरहेका छन् । मागको आधारमा काम गर्ने उनीहरूले कहिले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) त कहिले मास्क सिलाइ गर्दै आएका छन् ।

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजूले कोरोनाका कारण मास्कको माग धेरै भएपछि आफ्नै स्थानीय उत्पादनबाट रोजगार पनि हुने र समयको पनि सही सदुपयोग हुने भएकाले मास्क उत्पादन कार्यलाई व्यवस्थापन गर्दै आएको बताए । उत्पादन भएका वस्तु काठमाडौं विश्वविद्यालय र अस्तापलले खरिद गर्ने सहमति गरेपछि अहिले उत्पादन भएको पीपीइ र मास्क काठमाडौं विश्वविद्यालयले नै खरिद गर्दै आएको उनले बताए ।

त्यसबाहेक बढी उत्पादन भएको वस्तुलाई केयू, रोटरी क्लब अफ धुलिखेल र उद्योग वाणिज्य संघको सहकार्यमा नै बजारीकरण गर्ने सहमति भएकाले उत्पादन भएको सामग्री बिक्री नभइ समस्या आउने अवस्था नरहेको अध्यक्ष कोजुले बताए । होटल, विद्यालयलगायत संघसंस्थासँग सहकार्य गरेर उत्पादन भएको वस्तुलाई बजारीकरणका लागि कुनै समस्या नहुने उनको भनाइ छ । त्यसको लागि बजारमा प्रतिस्पर्धाको रुपमा जानसक्ने गरी काम गर्न वाणिज्य संघले आवश्यक समन्वयको काम गरिरहेको छ । 

हालसम्म कच्चापदार्थ काठमाडौं विश्वविद्यालयले उपलब्ध गराउँदै आएको छ । यसअघि पनि संघले मासिक ९ हजार तलब दिएर स्यानेटरी प्याड उत्पादन गर्दै आएको थियो । अहिले भने मासिक तलब निर्धारण गर्न बाँकी रहेको संघले जनाएको छ । महिलाको रोजगारीलाई निरन्तरता दिनका लागि अब भोलिको दिनमा एप्रोन, विद्यालयका पोशाकसमेत सिलाइ गर्ने उद्देश्य रहेको संघका अध्यक्ष कोजुले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x