×

NMB BANK
NIC ASIA

क्वारेन्टीन व्यवस्थित गर्दै स्थानीय सरकार

असोज १३, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

धादिङमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टीनलाई थप व्यवस्थित गर्न थालेका छन् । 

Muktinath Bank

कोरोना भाइरसको बढ्दो संक्रमण र नजिकिँदो चाडपर्वको कारण स्थानीय सरकारले क्वारेन्टीनको बसाइ आचारसंहिता निर्माणदेखि यसको व्यवस्थापनमा जुटेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा विद्यालय र सरकारी भवनमा क्वारेन्टीन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टीन र आइसोलेसनका लागि प्रयोग गरिएको विद्यालयको भवन खाली गरिएको छ । स्थानीय सरकार नयाँ ठाउँमा बनाइएका क्वारेन्टीन र आइसोलेसनको राम्रो व्यवस्थापनमा जुटेका छन् । नयाँ ठाउँमा बन्दै गरेको क्वारेन्टीनमा धादिङका ७ वटा स्थानीय सरकारले क्वारेन्टीनमा बस्दा अपनाउनुपर्ने विभिन्न ९ बुँदे आचारसंहिता समेत जारी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

अब क्वारेन्टीन र आइसोलेसनमा बस्नेले आचारसंहिता पालना गर्नुपर्ने र यसले अवश्य संक्रमणको जोखिम कम हुने खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । उनले क्वारेन्टीन र आइसोलेसनको व्यवस्थापन सरकारले तोकेको मापदण्डलाई पछ्याउँदै आफ्नो भूगोल र समुदायलाई हेरेर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संयोजक र एक्सन नेपालको टीम मिलेर व्यवस्थापन र बसाइ आचारसंहिताको निर्माण गरिएको छ । यसरी निर्माण भएको आचारसंहितालाई सातवटा पालिकाले अनुशरण गर्न थालेका छन् । 

Vianet communication
Laxmi Bank

क्वारेन्टीन र आइसोलेसनको राम्रो व्यवस्थापन गर्न सकिएन भने संक्रमणको उच्च जोखिम हुने देखिन्छ । स्थानीय सरकार नै बसाइ आचारसंहिता निर्माणदेखि क्वारेन्टीनको व्यवस्थापनमा जुट्दा क्वारेन्टीन र आइसोलेसनमा बस्नुपर्दा पनि संक्रमित र जोखिममा रहेका व्यक्तिहरू थप जोखिममा रहेको महसूस गर्न नपाउने गङ्गाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए । यसरी स्थानीय सरकारले क्वारेन्टीन निर्माण गरेको क्षेत्रमा स्वास्थ्य र सरसफाइका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डीसीएले सहयोग पुर्‍याएको छ । 

क्वारेन्टीनमा रहने प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने व्यक्तिगत सरसफाइ सामग्रीदेखि क्वारेन्टीनमा इन्टरनेट, टेलिभिजन, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नानघर समेत डीसीएले निर्माण गरिदिएको छ ।

यसरी व्यवस्थित भएको क्वारेन्टीनमा २ हप्ता बसेकी धादिङ ज्वालामुखीकी गोमा श्रेष्ठ आफू क्वारेन्टीनमा बसेको समय निकै सुरक्षित र व्यवस्थितसँग बिताउन पाउँदा निकै खुशी देखिन्छिन् । उनलाई पर्याप्त स्वास्थ्य सामग्री र छुट्टै बसाइ, छुट्टै शौचालय र स्नानघरको व्यवस्था भएको देख्दा निकै दंग देखिन्छिन् । उनी छिमेकी मुलुक भारतबाट फर्किएर क्वारेन्टीनमा बस्न आएकी थिइन् । पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी घर जाने तरखर गर्दै गर्दा आफ्नै गाउँमा आइपुगेर व्यवस्थितसँग क्वारेन्टीनमा बस्न पाउँदा र कोरोना परीक्षणपश्चात् मात्र घर फर्किन पाउँदा निकै खुशी व्यक्त गरिन् । उनले क्वारेन्टीनको व्यवस्थापनको निकै बेर प्रशंसा गरेर गइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x