बझाङकी बालिका बलात्कार घटनालाई गम्भीर रूपमा लिएको छु : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् ।

मंगलवार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरूसँगको भेटमा उनले घटनालाई राज्यले चुनौतीका रूपमा लिनुपर्ने बताए ।


Advertisement

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानूनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे । उनले आफ्नो तर्फबाट समेत विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बझाङबाट प्रतिनिधिसभा सदस्य आशाकुमारी विक लगायतका सांसदले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् । सांसदहरूले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्