काठमाडौ‌ं उपत्यकामै थपिए ९ सयभन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड- १९) स‌ंक्रमण तीव्र बनेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ९ सय ३४ जना स‌ंक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।


Advertisement

थपिनेमा काठमाडौंका ७ सय  ४७, ललितपुरका १ सय १४ र भक्तपुरका ७३ जना छन् ।

देशभरमा कोरोना संक्रमितको कुल संख्या भने ७६ हजार २५८ पुगेको छ ।


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १५ सय १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये ५५ हजार ३ सय ७१ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ७ सय ३१ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

सक्रिय संक्रमितको संख्या भने २० हजार ३ सय ९६ रहेको छ । 

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ४ सय ९१ पुगेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्