×

NMB BANK
NIC ASIA

पोखरामा पनि बन्ने भयो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, तयार भयो डीपीआर

असोज १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ । 

Muktinath Bank

साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका– ३३ को पशुपतिघाटको १७४ रोपनी जमिन गतवर्ष नेपाल सरकारबाट प्रदेश सरकारलाई भोगाधिकारका लागि प्राप्त भएपछि सरकारले सो जमिनमा रङ्गशाला निर्माण प्रक्रिया अघि बढाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रिकेट रङ्गशालाका लागि प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)समेत तयार गरिसकेको छ । बीआरएस इन्जिनीयरिङ सोलुशन प्रालिले रङ्गशालाको डीपीआर तयार गरी प्रतिवेदन सामाजिक विकास मन्त्रालयलाई बुझाएको हो । 


Advertisment
Nabil box
Kumari

सरकारले गत वर्ष रङ्गशालाको डीपीआरका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । जमिन प्राप्त भएपछि सरकारले डीपीआर प्रक्रिया शुरु गरेकामा कम्पनीले हालै प्रतिवेदन बुझाएको थियो । सो डीपीआरमा रंगशाला निर्माणमा रु एक अर्ब ६० करोड लागत लाग्ने उल्लेख गरिएको मन्त्रालयका खेलकूद विभाग महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले बताए ।

Vianet communication
Laxmi Bank

सरकारले चालू आर्थिक वर्षमा क्रिकेट रङ्गशालाका लागि रु दुई करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट यस वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन, जमिन सीमाङ्कन तथा तटबन्धनलगायत काम गरिने मन्त्रालयले जनाएको छ । उपसचिव काफ्लेले भने, “अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि डीपीआर बनाउने जिम्मा पाएको कम्पनीले  प्रतिवेदन बुझाएको छ ।

यसवर्ष बजेट थोरै मात्र विनियोजन गरिएकाले जग्गाको संरक्षणका काम गर्दै रङ्गशालाका लागि स्रोत जुटाउन शुरु गर्दछौँ ।”

गण्डकी प्रदेश सरकार गठन भएपछि सरकारको आव २०७४÷७५ को पहिलो बजेट तथा कार्यक्रममा प्रदेशभित्र सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि स्थान पहिचान गर्ने उल्लेख थियो । त्यसपछिका बजेट कार्यक्रममासमेत सरकारले रङ्गशाला निर्माणलाई प्राथमिकतामा राखेको छ ।

करिब १२३ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने रङ्गशालामा १८ हजार दर्शक क्षमताको प्याराफिट बन्ने डीपीआरमा उल्लेख छ । मैदानमा सात वटा पिच, भीभीआईपी कक्ष, भीआईपी कक्ष, खेलाडी कक्ष(प्लेयर बक्स), चेञ्जिङ रुम(कपडा फेर्ने कोठा), मिडिया कक्ष, पार्किङलगायत संरचना बन्नेछन् । 

क्रिक्रेट रङ्गशाला पोखराको मुख्य बजारदेखि १० किमी टाढा  र पृथ्वीराजमार्गबाट दुई किमिको दूरीमा रहेको छ । पोखरामा पछिल्ला वर्षमा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासमेत सम्पन्न भएका छन् । पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानमा गतवर्ष १३औँ दक्षिण एशियाली खेलकूद(साग)को महिला क्रिकेट खेलाइएको थियो । सो मैदानमा क्रिकेटका अन्य पूर्वाधार बन्न सकेका छैनन् । पोखरा प्रिमियर लिग(पिपिएल)का दुई संस्करणसमेत सोही मैदानमा सम्पन्न भएका थिए । 

प्रदेश सरकारले बनाउन प्रक्रिया शुरु गरेको क्रिकेट रङ्गशाला निर्माणपछि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुई मैदान अनिवार्य गरिएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x