प्रदेश १ मा कोरोनाबाट थप ३ को मृत्यु

प्रदेश १ पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोनाबाट तीन जनाको मृत्यु हुनुका साथै १२२ जना  सङ्क्रमति थपिएका छन् ।  मृत्यु हुनेमा झापा, मोरङ र सुनसरीमा एक÷एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयलले जनाएको छ । हालसम्ममा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको छ ।
    आज थपिएका सङ्क्रमति मध्ये ३९ जना महिला र ८३ जना पुरुष रहेका छन् ।  मोरङमा ८६ जना मध्ये विराटनगरमा ६१, सुनसरीमा १९, झापामा आठ, तेह्रथुममा दुई, भोजपुर, उदयपुर र इलाममा एकएक र तथा  प्रदेश बाहिरका चार जना थपिएका छन् ।
    प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६४१ पुगेको , हालसम्म तीन हजार ४१ जना डिस्चार्ज भएको र  एक लाख २२ हजार ७७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्