×

NMB BANK
NIC ASIA

संयुक्त राष्ट्र सङ्घको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रमले के-के भने ? (पूर्णपाठसहित)

असोज १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel


प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनशीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा न्युयोर्कमा आज भएको ‘दिगो विकास कार्यसूची २०३० मा लगानी, कोभिड–१९ र त्यसपछिको समय’ विषयको उच्चस्तरीय बैठकलाई ३२ भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका तर्फबाट सम्बोधन गर्दै उनले घट्दो व्यापार तथा पर्यटकीय आय, वैदेशिक मुद्राको आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण भुक्तानीको चापका बीचमा पनि वर्तमान सङ्कटका कारण उत्पन्न चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न भूपरिवेष्टित विकासोन्मुख राष्ट्र सङ्घर्षरत रहेको बताए ।

Muktinath Bank

भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका विशेष आवश्यकतालाई पहिचान गरी संयुक्त व्यापार तथा लगानी प्रवद्र्धनका साथै   सङ्कटमोचनका निम्ति विश्वव्यापी सहयोग र समन्वय संयन्त्र अपरिहार्य भएको प्रधानमन्त्री ओलीले बताए ।
वक्तव्यको पूर्णपाठः
क्यानडा तथा जमैकाका सम्माननीय प्रधानमन्त्रीज्यूहरू,
संयुक्त राष्ट्र सङ्घका महासचिवज्यू,
महामहिमज्यूहरू,
महिला तथा सज्जनवृन्द ।
यो उच्चस्तरीय बैठक आयोजना गर्नुभएकामा म क्यानडा र जमैकाका सरकारहरू साथै संयुक्त राष्ट्र सङ्घका महासचिवज्यूलाई ३२ वटा भूपरिवेष्टित विकासशील राष्ट्रका समूहका तर्फबाट सराहना व्यक्त गर्न चाहन्छु ।
सन् २०२० को २८ मे मा शुरू गरिएको कोभिड –१९ र यसपछिको समयमा विकासका लागि वित्तीय स्रोत जुटाउनेसम्बन्धी बहुपक्षीय प्रयत्नमा आधारित, समयसापेक्ष र समन्वयात्मक पहलको हामी स्वागत गर्दछाँैं ।
कोभिड–१९को महाव्याधिले सार्वजनिक स्वास्थ्य प्रणाली तथा हाम्रा अर्थतन्त्रहरू दवावमा परेका छन् । यसले जनजीवन र जनजीविकालाई नराम्ररी प्रभावित गरेको छ ।
सङ्कटबाट आफ्ना अर्थतन्त्रहरूलाई जोगाउन विकसित मुलुकहरूले अभूतपूर्व रूपमा वित्तीय तथा मौद्रिक नीतिहरू अवलम्बन गरेका छन् ।  अर्कातर्फ व्यापार तथा पर्यटनबाट हुने आम्दानीमा गिरावट, घट्दो प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण सेवाशुल्क जस्ता कारणले घट्दो वैदेशिक मुद्रा आप्रवाहबीच अधिकांश विकासशील राष्ट्रहरू र खासगरी अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासशील मुलुक तथा साना विकासशील टापु राष्ट्रहरूको नीतिगत सम्बोधन कमजोर रहेको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको समूहका तर्फबाट म हाम्रासामु प्रस्तुत दस्तावेजमा उल्लिखित उपायहरूको समर्थन व्यक्त गर्दै विशेषगरी देहायमा उल्लेखित क्षेत्रहरूमा ठोस कार्यका लागि आह्वान गर्न चाहन्छुः
पहिलो, सङ्कटबाट राहत पाउनका लागि संयुक्त व्यापार तथा लगानी प्रवद्र्धनसम्बन्धी  प्रस्तावित विश्वव्यापी सहयोग तथा समन्वय संरचना हामीलाई अत्यन्त जरूरी छ । यस्तो संयन्त्रले क्षमता विकास आवश्यक पर्ने भूपरिवेष्टित विकासशील मुलुकहरूको विशेष आवश्यकताहरू सम्बोधन गर्न, व्यापारबाट लाभ लिन, संरचनागत आर्थिक रूपान्तरण हासिल गर्न तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न विशेष प्राथमिकता दिनुपर्छ ।  
दोस्रो, पुनःस्थापनाका लागि महत्वपूर्ण मानिने  वस्तु प्रवाहका लागि तत्कालै आवश्यक लचिला संरचना तथा व्यापार सहजीकरण संयन्त्रका लागि भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई वित्तीय सहायता अत्यावश्यक छ ।
तेस्रो, डिजिटल रूपान्तरण हासिल गर्ने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको प्रयासमा सहायता गरिनुपर्दछ ।
चौथो, समान पहुँच, गुणस्तर र वित्तीय सुरक्षाका साथै खोप तयार भएपछि सहज र सरल मूल्यमा सबैलाई स्वास्थ्य सेवाको पहुँच हुनेगरी सबल र लचिलो स्वास्थ्य प्रणालीको विकासमा सहायता गर्न हामी अन्तरराष्ट्रिय समुदायलाई आह्वान गर्दछाँैं ।
पाँचौँ, उच्च ऋणयुक्त देशहरूलाई ऋण खारेजी, अन्तरराष्ट्रिय ऋणदाताहरूद्धारा ऋण उन्मुक्ति, ऋण सेवा घटाउन ऋणको पुनःतालिकीकरण वा सटही, ऋण मिन्हा, उच्च ऋणयुक्त देशहरूको ऋणलाई शेयरमा रूपान्तरण तथा ऋण पुनः खरीद जस्ता माध्यमहरूबाट  ऋण जोखिमलाई सम्बोधन गर्न सहायताका ठोस उपायहरू अवलम्बन गरिनुपर्दछ ।
छैटौंँ, हाम्रा मुलुकहरू दिगो रूपमा पुनःस्थापित हुनका लागि औपचारिक विकास सहायताको हालको स्तरलाई कायम राख्न हामी हाम्रा विकास साझेदारहरूलाई आह्वान गर्दछौंँ । भूपरिवेष्टित विकासशील राष्ट्रहरूमध्ये पनि अतिकम विकसित राष्ट्रहरूमा दिगो विकासका लक्ष्य प्राप्त गर्न वित्तीय अभाव गम्भीर देखिन्छ । ती मुलुकहरूलाई विकास सहायता, लगानी, प्रविधिको नवप्रवत्र्तन, विकास तथा हस्तान्तरणका लागि अनुमानयोग्य बाह्य सहायताको आवश्यकता रहेको छ ।
साताँैं, भूपरिवेष्टित विकासशील राष्ट्रहरूको पुनःस्थापना प्रयासमा ती मुलुकका विशेष आवश्यकतालाई प्राथमिकता दिन हामी अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूलाई आह्वान गर्दछाँैं ।
आठौंँ,  भियना कार्ययोजना कार्यान्वयनको मार्गचित्रको प्रभावकारी कार्यान्वयनलगायत भूपरिवेष्टित विकासशील राष्ट्रहरूको पुनःस्थापना प्रयासमा प्राथमिकताका साथ सहायता गर्न हामी संयुक्त राष्ट्र सङ्घीय प्रणाली र अन्य अन्तरराष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूलाई अनुरोध गर्दछाँैं ।
अन्त्यमा, निजी सार्वजनिक साझेदारी माध्यमसमेतबाट पुनःस्थापना प्रयासहरू र खासगरी दिगो विकासका परियोजनाहरूमा सक्रिय सहभागी हुन हामी निजी क्षेत्रलाई आह्वान गर्दछौंँ ।
सङ्क्षेपमा म विश्वव्यापी विकास एजेन्डा कार्यान्वयनप्रतिको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको अविचलित प्रतिबद्धता दोहो¥याउन चाहन्छु ।
धन्यवाद !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x