×

NMB BANK
NIC ASIA

यी हुन् मन्त्री हेरफेरमा ओली–प्रचण्डबीच देखिएका जटिलता, वामदेवको यस्तो आग्रह

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका २ अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा नपुगेको नेताहरूको भनाइ छ । त्यही कारण मंगलवार पनि सहमति जुट्न सकेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओली पक्षका एक स्थायी समिति सदस्यले दिनहुँको छलफल सकारात्मक भए पनि परिणाम भने शून्यको अवस्थामा रहेको बताए । प्रधानमन्त्री ओलीले रिक्त रहेका र टुक्र्याइने ३ मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गरेर जाने विधिको कुरा गरिरहेका छन् । अर्का अध्यक्ष दाहालले भने केही अपवादबाहेक व्यापकतामा मन्त्रीहरूको पुनर्गठनको प्रस्ताव राखेका छन् । 


Advertisment
Nabil box
Kumari

‘समग्रमा गर्ने कि अलिकति भन्नेमा २ अध्यक्षबीच कुराकानी भइरहेको छ । प्रधानमन्त्री अलिकति गरौं भन्नुहुन्छ, प्रचण्ड (दाहाल) ले समग्रमा गरौं भनिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने, ‘केही मिलेको छैन । त्यसमै दिनहुँ छलफल जारी छ ।’ 

Vianet communication
Laxmi Bank

उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउने/नगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन । उपाध्यक्ष गौतमका सन्दर्भमा मन्त्री बन्न पाउने/नपाउने संवैधानिक प्रश्न सर्वोच्च अदालतमा उठेको छ । गौतमको मुद्दामा दुवै पक्षलाई सर्वाेच्चले छलफलका लागि बुधवार बोलाएको छ ।

दाहाल गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा सहभागी गराउन चाहन्छन् । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि दाहालकै पक्षमा उभिएका छन् । ओलीले भने सरकारको नेतृत्व आफूले गर्ने भएकाले सहयोगी हुने नेतालाई सरकारमा लान र राख्न पाउनुपर्ने बताएको स्रोतले जनाएको छ ।

दाहालले मंगलवार ओलीसँगको छलफलअघि नेपाल र गौतमसँग खुमलटारमा छुट्टाछुट्टै भेट गरेका थिए । त्यस क्रममा दाहालले प्रधानमन्त्रीसँग मन्त्रिपरिषद् पुनर्गठनमा कुरा मिल्न नसकेको बताएका थिए ।

‘प्रधानमन्त्री अझै रिक्त मन्त्रालयमा र राज्यमन्त्री नराखी टुक्र्याइने मन्त्रालयमा मात्र मन्त्री थप गरेर जाने विषयमा मात्र अडानमा देखिरहनुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कुरा मिल्न सकेको छैन । मैले समग्रमा पुनर्गठनको सन्देश जाने गरी व्यापक पुनर्गठनकै कुरा उठाइरहेको छु, केही पनि मिल्न सकेको छैन ।’

गौतमले भने आफ्नो अदालतको बहस पर्खिन आग्रह गरेको स्रोतले बताएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x