×

NMB BANK
NIC ASIA

उत्तरतिर २ नाका खोल्न चीन सकारात्मक, यस्ता छन् पालन गर्नुपर्ने शर्त

असोज १४, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

उत्तरतिरका तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो अनलाइन बैठकमा कोरोना भाइरस (कोभिड–१९) को परिस्थितिमा सुरक्षात्मक रूपमा नाका सञ्चालन गर्न छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल र चीनका तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयका एसिया मामिला विभागका महानिर्देशक पेङ गाङले नेतृत्व गरेका थिए । चीनको केन्द्रीय तहमै भएको यो पहिलो छलफल पनि हो ।


Advertisment
Nabil box
Kumari

छलफलमा नाका सञ्चालनको विषयमा चीनले सुरक्षालाई मुख्य चासोको विषय बनाएको सहसचिव दाहालले जानकारी दिए । ‘नाकामै पीसीआर ल्याब राख्नुपर्ने, निरन्तर डिस्इन्फेक्ट गर्नुपर्ने, कामदारलाई क्वारेन्टीनमा राख्नुपर्ने, नियमित सुरक्षाजाँच गर्नुपर्ने जस्ता विषयमा चिनियाँ पक्षको चासो थियो,’ उनले भने । नेपालले यी सबै विषय पालना गर्ने तर निःशर्त नाका खोल्नुपर्ने प्रस्ताव राखेको उनले बताए ।

Vianet communication
Laxmi Bank

नेपालको प्रस्तावमा चीनले तत्काल सीमित मात्रामा खोल्ने र नेपालको तयारी हेरेर आश्वस्त भएपछि सामान्य रूपमै नाका सञ्चालन गर्ने जनाएको उनले जानकारी दिए । दुवै पक्षबीच अन्य नाका पनि पूर्वाधार निर्माण गरेर सञ्चालन गर्ने विषयमा समझदारी बनेको छ ।

कृषिजन्य सामग्रीको क्वारेन्टीन परीक्षण तथा मासुसमेत निर्यातका लागि एकीकृत प्लान्ट र ‘मल्टिफङ्स्नल ल्याब’ सञ्चालन गर्ने विषयमा समेत २ पक्षबीच छलफल भएको थियो । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमार्फत नेपालले आफ्नो धारणा दिने र त्यसमा चिनियाँ पक्षले निर्माणमा सहयोग गर्नुपर्ने प्रस्ताव नेपालले राखेको थियो ।

‘ड्युटी फ्री’ अन्तर्गत नेपालले चीन निर्यात गर्न सक्ने ८ हजार ३० वटा सूचीमध्ये २४७ वस्तु मात्र निर्यात भएको अवस्थामा चीन तर्फको आयात सूचीमा नसमेटिएका कृषिजन्य, हर्बल र मासुलाई समेट्न चीन सकारात्मक भएको छ । यसरी चीनले आयात सूचीमा नसमेट्दा नेपालमा उत्पादित वस्तु तेस्रो देश हुँदै चीन निर्यात भइरहेको छ । नेपालले त्यस्ता १८८ वटा वस्तु आयात सूचीमा समेट्न र नेपालबाटै सिधै चीन निर्यात गर्न पाउन गरेको प्रस्तावमा चीनले तत्काल यो विषय सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

वार्तामा लगानीको विषयमा पनि २ पक्षबीच छलफल भएको थियो । चीनले खासगरी नेपालमा कर प्रक्रिया, पूर्वाधार अभाव र प्रशासनिक झमेलाजस्ता विषय लगानीको सन्दर्भमा उठाएको थियो । नेपालले पछिल्लो समय यस्ता विषयमा निकै सुधार गरेको जानकारी गराएको र त्यसकै कारण चीनको लगानी बढेको उल्लेख गरेको सहसचिव दाहालले बताए ।

‘त्यस्तो परिवेश अहिले फेरिएको छ । लगानी सहजीकरणका लागि एकद्वार नीति लागू गर्नेदेखि कानुन संशोधन गरेको जानकारी हामीले गरायौंं,’ उनले भने । नेपालको प्रतिक्रियापछि चिनियाँ पक्षले नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उल्लेख गरेको थियो । अन्तरदेशीय आर्थिक क्षेत्र स्थापनाका लागि यसअघि भएको अध्ययनअनुसार छनोट भएका पाँचखाल, नुवाकोट र स्याफ्रुबेसीमध्ये कुनै एकको टुंगो लगाउन नेपालले चिनियाँ पक्षलाई आग्रह गरेको थियो । यस विषयमा छिटै निर्णय गरेर नेपाललाई बुझाउने चिनियाँ पक्षले प्रतिबद्धता व्यक्त गरेको थियो ।

पारवहन प्रोटोकलमा पनि सकारात्मक

नेपाल र चीनबीच व्यापार तथा ढुवानी सहज गर्न भएको पारवहन प्रोटोकल कार्यान्वयनमा ल्याउन चीन सकारात्मक देखिएको छ । बैठकमा नेपालले पारवहन प्रोटोकल जारी भए पनि त्यसअनुसार कार्यान्वयन हुन नसकेकाले चीनका तर्फबाट परीक्षणका रूपमा भए पनि ४ वटा बन्दरगाहसम्मको पहुँच सहज बनाइदिन प्रस्ताव राखेको थियो ।

चीनले नेपाललाई उपलब्ध गराउने भनेका ४ बन्दरगाहमा पनि नेपाल तर्फबाट दुईवटा नाकाबाट मात्रै जान सकिने भएकाले पहुँच सहज बनाएर प्रोटोकल कार्यान्वयनमा जानुपर्ने नेपालको भनाइ थियो । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x