×

NMB BANK
NIC ASIA

कोरोना महामारीका बेला पीसीआर मशिन खरिदमा यस्तो भ्रष्टाचार

असोज १४, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका निमित्त महंगोमा स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको पाइएको छ ।

Muktinath Bank

सप्तरीको राजविराज, धनुषाको जनकपुर र रौतहटको गौरमा कोरोना परीक्षणका लागि ‘रियल टाइम’ पीसीआर मेसिनसहित विभिन्न १४ थान उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश २ सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत आरडीटी–पीसीआरसँग सम्बन्धित उपकरण खरिदमा बजार मूल्यभन्दा धेरै २ करोड ८२ लाख १६ हजार १०० रुपैयाँमा खरिद गरेको छ । तर सोही मशिन र उपकरण २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्द गरिएको छ । खरिद प्रतिस्पर्धामा सहभागी भएका फर्ममध्ये सस्तोमा दिनेबाट खरिद नगरी महंगो दर रेटमा खरिद गरेर करोडौं भ्रष्टाचार गरेको पाइएको छ । 


Advertisment
Nabil box
Kumari

पीसीआर परीक्षणमा प्रयोग हुने १४ सामग्रीसहितका उपकरण सरकारले २ करोड ४९ लाख ७० हजार रुपैयाँमा किनेको छ । जसमा ३२ लाख ४६ हजार १०० रुपैयाँ भ्याटसमेत जोडेर पूरै लागत २ करोड ८२ लाख १६ हजार १०० रुपैयाँ पर्न गएको छ । तर उल्लेखित सबै सामग्री राइनले कूल २ करोड ६९ लाख ९५ हजार ७०० रुपैयाँमा उपलब्ध गराउन प्रस्ताव गरेको भए पनि उनको बोलपत्र रद्द गरिएको छ ।

Vianet communication
Laxmi Bank

पछिल्लो पटक रौतहट गौरमा जडान गरिएको पीसीआर मेसिन एन्ड एक्स्ट्रयाक्सन सहितका स्वास्थ्य सामग्री खरिदमा समेत कम मूल्यको कम्पनीलाई पन्छ्याएर बढी मूल्य पर्ने कम्पनीसँग मशिन खरिद गरिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले झण्डै २१ लाख बढी पर्ने कम्पनीसँग सम्झौता गरेर मशिन खरिद गरेको पाइएको छ । 

आपूर्ति व्यवस्थापन केन्द्रले साउन २९ गते सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियन्त्रण २०६४ को नियम १४५ बमोजिम विशेष परिस्थितिमा खरिद हुनेसम्बन्धी व्यवस्थाअनुरूप औजार उपकरण खरिदका लागि सातदिने सूचना प्रकाशन गरेको थियो ।

सूचनाबमोजिम पीसीआर (रियल टाइम मशिन) र एक्स्ट्रयाक्सन प्याकेज–१ मा ३ वटा फर्मको बोलपत्रमध्ये सबैभन्दा बढी रकम प्रस्ताव गरेको कम्पनीसँग खरिद गरी सबैभन्दा न्यूनतम रकम प्रस्ताव गरेका कम्पनीको बोलपत्र रद्द गरिएको छ ।

२ पटक बोलपत्र आह्वान गरी खरिद गरिएका ३ पीसीआर मेसिनमा दुवै पटक कम मूल्य प्रस्ताव गरेको कम्पनीलाई पन्छ्याउँदै बढी मूल्य पर्ने कम्पनीसँग सम्झौताको मुख्य कारण फर्मको आवश्यक कागजात पूरा नभएको र प्राविधिक रूपमा मूल्यांकन समितिले छनोट नगरेको सूचना अधिकारी श्रवण नायकले बताए ।

‘विश्व स्वास्थ्य संगठनको मान्यताअनुरूप यूएसएफडीए हुनुपर्नेमा अन्य कम्पनीको एफडीए मात्र भएकोले बढी मूल्य भए पनि मापदण्ड पूरा गरेर खरिद गरिएको छ,’ उनले भने, ‘प्राविधिक रूपमा राम्रो र उच्चस्तरीय मेसिन खरिद गर्दा मूल्यभन्दा उपयुक्तता बढी महत्त्वपूर्ण हुन्छ, त्यसै पनि सबै बोलपत्रबाट एउटा मात्र स्वीकृत हुने हो ।’ 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र निर्देशक डा. प्रमोदकुमार यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीका छोरा सुमित साहसहितको मिलेमतोमा नै सरकारले जानीजानी बजारको चलनचल्ती मूल्यभन्दा धेरै महंगो दरमा सामान किनेको स्रोतको दाबी छ । केन्द्रका निर्देशक डा. यादवले स्वास्थ्य निर्देशनालयका निर्देशक हुँदा नै मेडिसोलुसनबाट सामान खरिद गर्ने गरेका कारण फर्मसँग उनको साँठगाँठ पुरानै रहेको स्रोतको दाबी छ । यता केन्द्रका निर्देशक डा. यादवले पीसीआर मेसिन अभावमा खरिद हुँदा स्वाभाविक रूपमा महँगो हुने तर्क गरे । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x