कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
असोज १४, २०७७
नेपाल प्रहरीमा प्रशासनतर्फ ५ वटा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दरबन्दी थप गरेर १९ जना पुर्याउने तयारी गृह मन्त्रालयले थालेको छ ।
मंगलवार प्रहरी प्रधान कार्यालयमा गृहसचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीबीच डीआईजीको दरबन्दी थप गर्ने विषयमा छलफल भएको प्रहरी प्रधान कार्यलयले स्रोतले जानकारी दियो ।
‘आईजी सा’प र सचिवज्यूबीच डीआईजी थप गर्ने विषयमा छलफल भएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो ।
गृह मन्त्रालयले डीआईजी दरबन्दी बढुवाको सिफारिस मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रीपरिषद्ले पारित गरेपछि ५ वटा दरबन्दी थपिने भएका छन् ।
यसअघि ३५ जना डीआईजीको दरबन्दीलाई घटाएर १४ वटामा सीमित गरिएको थियो । संगठनको स्वरूप बढ्दै जाँदा डीआईजीको दरबन्दी घटाएको भन्दै प्रहरीमा असन्तुष्टिका स्वरहरू सुनिएका थिए ।
हाल ७ वटा प्रदेशमा ७ जना, महानगरीय प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, प्रहरी एकेडेमी, साइबर अनुसन्धान ब्यूरो र प्रहरी प्रधान कार्यालयमा गरी प्रशासनतर्फ १४ जना डीआईजीको दरबन्दी छ भने प्राविधिकतर्फ १२ जना डीआईजीको दरबन्दी छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...