×

NMB BANK
NIC ASIA

ट्रम्प र बाइडनबीच पहिलो बहस सम्पन्न, एकअर्काको बेइज्जतीमा सीमित

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति निर्वाचन आउनै लाग्दा दुई उम्मेदवारहरूबीच अमेरिकी समयअनुसार सोमवार राति बहस सम्पन्न भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडनले एकअर्काको बेइज्जती गरे अनि आफ्नो कार्यकाल कस्तो हुनेछ भन्ने कुनै संकेत दिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो बहस अत्यन्तै रद्दी रह्यो किनकि यसबाट दुई उम्मेदवारका विषयमा नयाँ कुरा केही पनि थाहा पाइएन र राष्ट्रपति बनेमा के गर्नेछन् भनेर पनि जनताले थाहा पाएनन् । 


Advertisment
Nabil box
Kumari

ट्रम्पलाई निर्वाचनको दिशापरिवर्तन गर्नका लागि यी बहसहरू आवश्यक छन् । उनी बहसमा हावी नभएमा चुनाव हार्ने सम्भावना पनि रहन्छ । 

Vianet communication
Laxmi Bank

त्यसैले बहसमा ट्रम्प हावी भए र त्यसक्रममा उनले बाइडन अनि कार्यक्रम प्रस्तोता क्रिस वालेस दुवैलाई क्षणक्षणमा हेप्ने, बीचैमा रोक्ने र उत्तेजित बनाउन खोज्ने काम गरे । 

यसले उनका समर्थकलाई पक्कै खुशी बनायो । तर उनीहरू ट्रम्पलाई भोट दिन यस्ता बहस कुरिबस्दैनन् । 
 

घरिघरि बीचैमा बोल्न नदिँदा बहस बेकामे बन्यो । ट्रम्पले गर्दै नगरेका कुरा पनि गरें भनी दाबी गरे अनि आफ्नो र बाइडनको विषयमा झूटा बयान दिए । उनले प्राउड बोइज र अन्य श्वेत सर्वोच्चतावादी समूहहरूलाई निन्दा गर्न मानेनन् । 
 

बाइडनले बहसको आरम्भ सुस्त किसिमले गरे । निर्वाचनअघि सर्वोच्च अदालतको रिक्त पद किन नभर्ने भन्ने प्रश्नको उत्तर उनले राम्ररी दिन सकेनन् जबकि उक्त प्रश्न पक्का आउनेछ भन्ने उनलाई थाहा थियो । 

बहस चल्दै जाँदा उनी आत्मविश्वासी बने अनि ट्रम्पले कोरोना व्यवस्थापन गर्न नसकेकाले धेरै अमेरिकीले ज्यान गुमाउनुपरेको कुरा दह्रोसँग राखे । तर पछि उनी ट्रम्पकै स्तरमा ओर्लिए अनि ट्रम्पलाई चुप लाग्नुस् भने अनि विदूषक समेत भने । 
 

बाइडन मर्यादित छन् भन्ने छवि यसले भत्कायो । ट्रम्पको अव्यवस्था र मर्यादाहीन कार्यकालको विपरीत बाइडनको कार्यकाल हुनेछ भन्ने आकलन यसले भत्काइदियो । 

अनि बाइडनले पनि ट्रम्पले जस्तै दोषारोपण गर्ने र हावादारी दाबी गर्ने काम गरे । 

अब अझै दुईवटा बहस बाँकी छन् । यो बहस हेर्दा त अबका बहस के हेर्नु र जस्तो लाग्ने रहेछ । बाइडनलाई ट्रम्पले काँचै खाएको पहिलो बहस हेरेकाहरूले थप दुई बहसमा उनलाई उभ्याउनुको तुक देख्ने छैनन् । 

राष्ट्रपतीय बहस आयोग शक्तिशाली संगठन हो । यी बहसहरूले मतदाताको ध्यान आकर्षित गर्छन् भन्ने कुरा उम्मेदवारहरूलाई थाहा हुन्छ । तर आजको बहस हेर्दा यस्ता बहस गरिराख्दा मतदातालाई हानि गर्ने पो हो कि भन्ने देखिन्छ । यस्ता उम्मेदवारहरूलाई सुनेर भोट दिने विषयमा मन बनाउन समेत मतदाताहरूलाई गाह्रो पर्नेछ । 
 

सीएनएनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x