भारतमा हरायो मानवता : बलात्कारपछि हत्या गरिएकी युवतीको लाश जलाउँदा हाँस्यो प्रहरी

भारतको उत्तर प्रदेशको हाथरसमा दलित युवतीलाई सामूहिक बलात्कारपछि गरिएको वीभत्स हत्याले देश तरंगित बनाएको छ । 

तर घटनापछि उत्तर प्रदेश प्रहरीको अमानवीय रवैया पनि सार्वजनिक भएको छ । 


Advertisement

मंगलवार अबेर राति युवतीको शवलाई हाथरस लग्दा निष्पक्ष न्यायका लागि माग गर्दै शव लिन अस्वीकार गर्नेहरूलाई अटेरी गरी प्रहरीले जबर्जस्ती मृत युवतीको दाहसंस्कार गरेको छ । 

ती युवतीको शव जल्दै गर्दा प्रहरीका कतिपय अधिकारीहरूले छेउमा उभिएर गफ गरिरहेका थिए अनि हाँसिरहेका थिए । उत्तर प्रदेश प्रहरी जनताप्रति कति असंवेदनशील छ भन्ने कुरा पनि यसले देखाएको छ । 


Advertisement

युवतीको परिवारले न्यायको भिक्षा मागिरहँदा उत्तर प्रदेश प्रहरी चाहिँ गफ चुटेर उभिरहेको पाइयो । 

सामूहिक बलात्कारमा परी मृत्यु भएकी दलित युवतीको मृत्यु दिल्लीस्थित सफदरजंग अस्पतालमा भएको हो । मंगलवार अबेर राति प्रहरी सुरक्षाका साथ युवतीको शव हाथरस ल्याइएको हो । प्रहरी त्यहाँ आधा रातमा पुग्दा पनि ठूलो भीड उपस्थित थियो र प्रहरीको कडा विरोध गरिएको थियो । 

युवतीको शव अन्तिमपटक परिवारलाई हेर्न समेत नदिई प्रहरीले जबर्जस्ती अन्तिम संस्कार गरिदियो । मिडियाका कसैलाई पनि नजिक जान दिइएन । 

प्रहरीले यस घटनामा उजुरी दर्ता गर्न मानेको थिएन अनि पछि दर्ता गर्दा पनि सामूहिक बलात्कारको धारा जोडेको थिएन । 

मिडियामा यस विषयमा हंगामा मच्चिएपछि बल्ल उत्तर प्रदेश प्रहरीले कारवाही अघि बढाएको हो । सबै आरोपितलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

विपक्षी दलहरूले हाथरस, लखनउ र दिल्लीमा समेत यस विषयमा विरोध गरिरहेका छन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्