भारतले लद्दाखलाई केन्द्र प्रशासित प्रदेश बनाएकोमा चीनले दिएन मान्यता

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले लद्दाखलाई भारतले केन्द्रशासित प्रदेश बनाएको कुरालाई मान्यता नदिने बताएका छन् । 

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सका अनुसार, भारतले सीमावर्ती क्षेत्रमा सडक निर्माण गरिरहेको विषयमा उठेको प्रश्नमा वाङले भने, ‘चीन विवादित सीमावर्ती क्षेत्रमा सैनिक नियन्त्रणको उद्देश्यका साथ आधारभूत संरचना


Advertisement

निर्माणको विरोध गर्छ र भारतले अवैध रूपमा घोषणा गरेको केन्द्रशासित लद्दाख प्रदेशलाई चिन्दैन ।’

उनले थप बताए, ‘हालै चीन र भारतबीच भएको सहमति अनुसार दुवै पक्षले स्थिति थप जटिल बन्ने गरी सीमा क्षेत्रमा कुनै कारवाही गर्नु हुँदैन ।’

भारतले यसमा कडा प्रतिक्रिया दिँदै भारतले सन् १९५९ को वास्तविक नियन्त्रण रेखालाई नमान्ने बताएको छ । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्