दीपिका पादुकोणविरुद्ध एनसीबीले फेला पारेन कुनै प्रमाण

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको शंकास्पद मृत्युको सीबीआई अनुसन्धानका क्रममा लागूऔषध सेवनको कोण पनि देखिएपछि लागूऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान थालेको थियो ।

यसक्रममा अभिनेत्रीहरू दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानले लागूऔषध पाउनका लागि च्याट गरेको भन्दै आरोपमा एनसीबीले सोधपुछका लागि बोलाएको थियो ।


Advertisement

तर एनसीबीले दीपिका, श्रद्धा र साराविरुद्ध कुनै पनि प्रमाण फेला नपारेको विभिन्न सूत्रहरूले बताएको भनी भारतीय सञ्चारमाध्यमले लेखेका छन् । 

च्याटमा लागूऔषधका कुरा गर्दैमा मुद्दा चलाउन नमिल्ने, लागूऔषधको मुद्दा चल्नलाई व्यक्तिबाट त्यो बरामद नै हुनुपर्ने भनी वकिलहरुले पनि बताउँदै आएका थिए । 


Advertisement

एनसीबीको अनुसन्धानका कारण सुशान्तको छवि खराब बनेको भन्दै अब बिस्तारै पछि हट्न र सीबीआईलाई अनुसन्धान पूरा गर्न दिन माथिबाट दबाब आएको सूत्रहरूले बताएका छन् । 
 

एनसीबीको अनुसन्धानले सुशान्त पनि गँजडी र विलासी मानिस जस्तो देखिएको र उनलाई न्याय दिनबाट वञ्चित गर्ने षड्यन्त्र गरिएको भन्दै उनका प्रशंसकहरूले चर्को आलोचना गरिरहेका थिए । 

अनि एनसीबीले अभिनेत्रीहरूका विषयमा सूचना चुहाइरहँदा पनि अन्ततोगत्वा सुशान्तकै छविमा आघात पुगेको बुझाइ छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्