×

NMB BANK
NIC ASIA

बेरोजगारीको डरलाग्दो रूप

रेल्वे कम्पनीमा जागिर खान मारामार : १२९ पदमा ३२ हजारको आवेदन, कसरी गरिँदैछ छनोट ?

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल रेल्वे कम्पनी लिमिटेडले ६ महिनाको करार सेवाको लागि आह्वान गरेको विज्ञापनमा जागिर खान मारामारको अवस्था देखिएको छ ।

Muktinath Bank

कम्पनीले गरेको विज्ञापनमा ३२ हजारभन्दा बढी व्यक्तिले आवेदन दिएका कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले भदौ २९ गते १२९ पदका लागि विज्ञापन प्रकाशन गरेको थियो । आवेदन दिने अन्तिम म्याद असोज १२ गतेसम्म थियो ।


Advertisment
Nabil box
Kumari

यसरी हुनेछ छनोट

Vianet communication
Laxmi Bank

शैक्षिक योग्यता, कार्य अनुभव तथा अन्तर्वार्ताको माध्यमबाट कर्मचारीको छनोट गरिने भनेर विज्ञापनमा नै उल्लेख छ । लिखित परीक्षा भएको भए आवश्यक पदको ३ गुणा बढी उम्मेदवारलाई अन्तर्वार्ताका लागि लोकसेवा आयोगले छनोट गर्न सक्थ्यो । अनलाइनमार्फत आवेदन लिएको कम्पनीले ३२ हजारभन्दा बढी आवेदकमध्ये १२९ जनालाई कसरी छनोट गर्ला त ?

नेपाल सरकारले कर्मचारी छनोटका लागि कार्यविधि नै बनाएको र कार्यविधिको प्रावधान अनुसार उम्मेदवारलाई छनोट गरेर पहिलो ‘मेरिट लिस्ट’ प्रकाशन गरिने कम्पनीका महाप्रबन्धक भट्टराईले बताए ।

‘लोकसेवा आयोग, सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, रेल्वे कम्पनीसहितका प्रतिनिधिको एउटा पदपूर्ति समिति गठन गरिएको छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘समितिले सबैभन्दा पहिले आवेदनमा संलग्न गरिएका कागजात तथा शैक्षिक योग्यताको प्रमाण पत्रसहित अन्य कागजात पुगेको छ/छैन भनेर हेर्नेछ ।’

शैक्षिक योग्यताको प्रमाण पत्रमा प्रथम श्रेणी, द्वितीय श्रेणी तथा तृतीय श्रेणीको अंकको आधारमा आवेदकहरू छानिनेछन् । त्यसपछि अन्तर्वार्ताका लागि ‘मेरिट लिस्ट’ प्रकाशन गरेर अन्तर्वार्ताका माध्यमले छनोट गरिने उनले बताए ।

अन्तर्वार्ता कहिले लिने र कहाँ लिने भन्ने निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गर्ने उनले बताए । ‘अन्तर्वार्ता कहिले लिने भन्नेबारे अहिले नै निर्णय भएको छैन,’ उनले भने, ‘तर काठमाडौं र जनकपुर दुवै ठाउँमा अन्तर्वार्ता हुनसक्ने मेरो अनुमान छ ।’

लिखित परीक्षा नहुने तथा अन्तर्वार्ताका माध्यमले मात्र छनोट हुने भएकाले व्यापक आर्थिक चलखेल र लेनदेन हुनसक्ने तथा नेताहरूले पहिलेदेखि नै आर्थिक चलखेल तथा भागबण्डा गरिसकेको आरोपबारे उनले भने, ‘लोकसेवा आयोगको समेत प्रतिनिधि पदपूर्ति समितिमा भएका कारण कसैले पनि शंका गर्नु भएन, सबै आरोप बजारका हल्ला मात्र हुन् ।’ छनोट निष्पक्ष तरिकाले हुने उनले बताए ।

अधिकृत स्तरको प्रत्येक विज्ञापनका लागि १ हजार रुपैयाँ, सहायक स्तरको प्रत्येक विज्ञापनका लागि ४०० रुपैयाँ र श्रेणीविहीन स्तरको विज्ञापनका लागि ३०० रुपैयाँ राजस्व लिइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x