विश्व स्वास्थ्य संगठनद्वारा कोरोनाविरुद्ध चिनियाँ खोपको समर्थन

कोरोनाभाइरसको उच्च जोखिममा रहेको मानिसलाई गत जुलाई महिनामा परीक्षणकै क्रममा खोप दिने चीनको निर्णयलाई विश्व स्वास्थ्य संगठनले समर्थन गरेको एक चिनियाँ स्वास्थ्य अधिकारीले शुक्रवार बताएका छन् । 

चीनले आकस्मिक खोप कार्यक्रम जुलाई महिनामा शुभारम्भ गरेको थियो र त्यसका लागि जुन महिनाको अन्त्यतिर यसका लागि विश्व स्वास्थ्य संगठनसँग कुराकानी गरेको थियो, चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले बताए । 


Advertisement

हजारौं स्वास्थ्यकर्मी र संक्रमणको उच्च जोखिम भएका सीमित समूहका अन्य व्यक्तिलाई खोप दिइएको हो । ‘आकस्मिक रूपमा प्रयोग गरिएको कोभिड–१९ खोप सुरक्षित छ भनी हामीले स्पष्ट पारेका छौं,’ झेङले भने । ‘खोपको सुरक्षा सुनिश्चित छ तर प्रभावकारिता अझै निश्चित हुन बाँकी छ ।’

विभिन्न देशले राष्ट्रिय नियमकानूनका आधारमा कुनै पनि स्वास्थ्य उत्पादनको आकस्मिक उपयोग गर्न पाउने स्वायत्तता रहेको विश्व स्वास्थ्य संगठनकी उपमहानिर्देशक डा मारियांगेला सिमाओले जेनेभामा शुक्रवार आयोजित पत्रकार सम्मेलनका क्रममा बताइन् । 


Advertisement

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले कोरोनाभाइरस खोपको आकस्मिक प्रयोगको अनुमति अस्थायी समाधान भएको र दीर्घकालीन समाधान तेस्रो चरणको परीक्षण सकिएपछि मात्र देखिने बताएकी छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्