×

NMB BANK
NIC ASIA

मर्निङ वाकका फाइदा

कात्तिक १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आजकल मानिसहरूको जीवनशैली बिग्रँदै गएकाले कम उमेरमै अनेकथरी रोगले सताइरहेको देखिन्छ । विज्ञहरूले दिएको सुझावअनुसार, स्वस्थ रहनका लागि बिहान बेलुका हिँड्नुपर्छ । 

Muktinath Bank

विशेषगरी प्रभात भ्रमण अर्थात् मर्निङवाक स्वास्थ्यका लागि एकदमै आवश्यक छ । यसले शरीरलाई फुर्तिलो बनाउँछ र सबै अंगहरूले सही तरिकाले काम गर्छन् । बिहान आधा घन्टा मात्र पनि डुल्ने बानी पार्नुभयो भने रोग लाग्न पाउँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त विज्ञहरू १० हजार कदम अर्थात् लगभग ७ किलोमिटर दिनदिनै हिँड्न सुझाव दिन्छन् । तपाईं छिटछिटो हिँड्ने गर्नुस् । तर उमेर ढल्किसकेको छ भने चाहिँ बिस्तारै हिँड्न सक्नुहुन्छ । हिँड्दा लामो सास लिने गर्नुस् । यसो गर्दा फोक्सोहरूले प्रशस्त मात्रामा अक्सिजन पाउँछन् । 


Advertisment
Nabil box
Kumari

तौल घटाउन
बिहान बेलुका हिँड्दा ३५ सय क्यालोरी डढ्छ र तौल घटाउन सहज हुन्छ । बिहान हिँड्दा दिनभरि ऊर्जा अनुभव हुन्छ । 

Vianet communication
Laxmi Bank

मुटु स्वस्थ राख्छ
बिहान बेलुका हिँड्दा मुटु पनि स्वस्थ रहन्छ । विभिन्न अनुसन्धानहरूले देखाएअनुसार, दिनको १५ हजार कदम हिँड्ने मानिसको मुटुलाई त्यतिखेर रोग लाग्दैन । हिँड्ने गर्दा रक्तसञ्चार बढ्छ र कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ । 

रक्तचाप नियन्त्रण
रक्तचाप बढ्दा अनेकौं रोग निम्तिन्छन् । दिनदिनै हिँड्नुभयो भने रक्तचाप सामान्य रहन्छ । 

मानसिक स्वास्थ्य
हिँडडुल गर्दा दिमाग र स्नायुप्रणालीमा भएका हर्मोनहरू सक्रिय रहन्छन् । यसले स्मरणशक्ति बढाउँछ । तनाव, डिप्रेसन र अल्जाइमरको समस्या पनि हुन पाउँदैन । 

फोक्सो स्वस्थ
कोरोनाकालमा त झन् फोक्सो स्वस्थ राख्न एकदम जरूरी छ । हिँडडुल गर्दा फोक्सो स्वस्थ रहन पाउँछ । 

पेट सफा
कब्जियत, एसिडिटी र अपच जस्ता समस्या भएकाहरूले दिनको २० मिनेट अवश्य हिँड्नुपर्छ । भोजन गरेपछि पनि १० मिनेट हिँड्ने गर्नुस् । यसो गर्दा पेटको समस्या आउँदैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x