×

NMB BANK
NIC ASIA

काकी–भतिजाको लसपसले निम्त्याएको अपराध : पत्नीभन्दा बढी माया गर्दा गर्दै हत्या !

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरको चुनीखेलकी गीता केसी हत्या प्रकरणमा अभियुक्त निर्मल केसीको बयानले नयाँ खुलासा गरेको छ ।

Muktinath Bank

हत्या अभियोगमा पक्राउ परेको गीताका भतिजा निर्मलले आफ्नी पत्नीभन्दा पनि धेरै माया गर्ने काकीले बाहिर अर्कै पुरुषसँग सम्बन्ध रहेको बताएपछि आक्रोशमा आएर हत्या गरेको बयान दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले काकीलाई आफ्नी श्रीमतीलाई भन्दा बढी माया गर्ने, समय दिने, हरेक इच्छा आकांक्षा पुर्‍याउने गरेतापनि अर्कै व्यक्तिसँग सल्किएको कुरा सुनेर काकीप्रति घृणा जागेर आवेगमा हत्या गरें,’ निर्मलले प्रहरीमा दिएको बयान उदृत गर्दै एक प्रहरी अधिकारीले भने ।


Advertisment
Nabil box
Kumari

अर्कैसँग सम्बन्ध रहेको थाहा पाई आवेगमा एकान्त जंगलमा सिध्याएर फाल्ने सोच आएपछि उभिएकी काकीको गलामा बेरिएको सललाई पछाडिबाट दुवै हातले समातेर कसेपछि काकीको प्राण गएको बयान निर्मलले दिएका जनाइएको छ ।

Vianet communication
Laxmi Bank

सरकारी वकिलको कार्यालयले २०७७ असोज १२ गते सोमवार जन्मकैदको मागसहित जिल्ला अदातल ललितपुरमा निर्मलविरुद्ध मुद्दा दायर गरेको छ ।

अदालतले निर्मललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक (डीएसपी) इटराज ओझाले बताए ।

के भएको थियो त्यो दिन ?

निर्मलले दिएको बयान अनुसार घटना भएको दिन २०७७ भदौ १७ गते बिहान निर्मलले काकी गीतालाई फोन गरेर घुम्न जान अनुरोध गरे र गीताले सहजै स्वीकार गरिन् ।

अभियुक्त निर्मलले चलाएको बा९३प ४६२३ नम्बरको मोटरसाइकलमा दुवै जना भैसेपाटी हुँदै एकान्तकुना पेट्रोल पम्पमा पुगेर मोटरसाइकलमा पेट्रोल हाले । 

निर्मलले काकीलाई घुमाउन लेलेको जंगलतिर लगे । जंगलमा काकीसँग शारीरिक सम्पर्क राख्ने सोच आएपछि निर्मलले गीतालाई शारीरिक सम्पर्कको प्रस्ताव राखे र गीताले सहमति जनाएपछि जंगलमै शारीरिक सम्पर्क राखेको व्यहोराको बयान निर्मलले प्रहरीमा दिएका छन् ।

‘घर फर्कन चापागाउँतर्फ आउने क्रममा लेले भञ्ज्याङमा पुग्दा काकीसँग शारीरिक सम्पर्क राख्ने सोच बनाई मोटरसाइकल भञ्ज्याङबाट वनतर्फ जाने बाटोतर्फ मोडेर जंगलको बीच भागको बाटोमा पुर्‍याएपछि काकीकै सहमतिमा एक पटक शारीरिक सम्पर्क राखें,’ निर्मलले प्रहरीमा भनेका छन् । त्यसपछि कुराकानी हुँदा गीताले अन्य पुरुषसँग पनि सम्बन्ध भएकाले परिवार पनि छोड्न नसक्ने र ती पुरुषलाई पनि छाड्न नसक्ने बताएको निर्मलले भनेका छन् ।

‘कुराकानी हुँदा काकीले आज घर जान मन लागेको छैन भन्नुभयो । मैले किन भनेर सोध्दा काकीले मैले घर, बालबच्चा र तपाईंलाई छोड्न सक्दिनँ र मलाई माया गर्ने व्यक्तिलाई पनि छोड्न सक्दिनँ, मर्‍यो भने आनन्द हुन्छ जस्तो लागेर आत्महत्या गर्न मन लाग्छ भनेर बताउनुभयो । त्यस्तो कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ,’ निर्मलले बयानमा भनेका छन् ।

निर्मलले पत्नीभन्दा धेरै माया गर्ने र इच्छा आकांक्षा परिपूर्ति गर्दा पनि अर्कैसँगको सम्बन्ध बताएपछि हत्या गरेको बयान दिएका छन् । उनले काकी गीताको सलले घाँटीमा बेरेर हत्या गरेको बयान दिएका छन् । ‘त्यसपछि लाशलाई कसैले देख्ने डरले बाटो छेउको भीरबाट धकेलेर फालें । त्यसपछि गीताका ब्याग पनि जंगलमै फालें,’ निर्मलले भने । त्यसपछि निर्मल आफ्नो घर चुनीखेल फर्किएका थिए । 

गीता रातिसम्म घर नआएपछि उनकी सानी छोरीले निर्मललाई फोन गरिन् । निर्मलले गीतालाई दिउँसो अल्का अस्पतालमा छाडेर फर्किएको जवाफ दिए । गीता अल्का अस्पतालमा हाउसकिपिङको काम गर्थिन् ।
 
भदौ १९ गते ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित लेलेको सामुदायिक वनमा हत्या गरेको अवस्थामा ललितपुरको भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको शव फेला परेको थियो । हत्याको आरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले २० गते पक्राउ गरेको थियो ।

घटनास्थलमा छरिएको अवस्थामा नागरिकता सहितको ब्याग, जुत्ता, परिचयपत्र, पहेँलो कपडाको सल फेला परेको थियो । घटनाको समयमा प्रयोग गरिएको बा९३प ४६२३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x