एक वर्षको बच्चाले करेत सर्पलाई टोकेर मारिदिए !

भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एक वर्षको बच्चाले विषालु सर्पलाई टोकेको छ । गत शनिवार साँझ घरको आँगनमा खेल्ने क्रममा बच्चाले आफू नजिक आएको सर्पलाई टोकेको थियो ।

जब ती बच्चाकी आमाले आफ्नो बच्चाको मुखमा सर्प देखिन् तब उनी आत्तिइन् । बच्चालाई तत्काल अस्पताल लगियो । ६ इन्च लामो सर्प पनि बच्चासँगै अस्पताल लगियो ।


Advertisement

अस्पतालका डाक्टर हरिशचन्द्रले बच्चालाई एन्टीभेनम दिइएको र अहिले अवस्था खतरामुक्त रहेको भारतको समाचार एजेन्सी आइएएनएसलाई बताए ।

बच्चाका पिता धरमपालले बच्चाको मुखमा केही देखेपछि के रहेछ भनेर हेर्न जाँदा सानो सर्प देखेको बताए । बच्चाको टोकाइपछि सर्प मरेको थियो ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्