बझाङ हत्या प्रकरणः सम्झनाका आफन्तले बुझे शव

बलात्कारपछि हत्या भएकी सम्झना बिकका आफन्तले घटनाको ८ दिनपछि शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङले हत्या आरोपीलाई सार्वजनिक गरेर कारबाहीमा ल्याउने प्रतिवद्धता जनाएसँगै आफन्तले शव बुझेका हुन् ।
असोज ७ गते बलात्कारपछि हत्या भएकी १२ बर्षिय बालिका सम्झनाका आफन्तहरुले हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान राख्दै आएका थिए । सही क्रममा मंगलबार प्रहरीले हत्या आरोपी सार्वजनिक गरेको हो ।
बुधबार जिल्ला अस्पतालबाट सम्झनाका आफन्तहरुले शब बुझेर अन्तिम संस्कार गरेका छन् ।

 


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्