नेपाल–भारत महिला मैत्री समाजले सर्लाहीमा बाँड्यो राहत

भारत सरकारको सहयोग एवम् नेपाल–भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा सर्लाहीमा राहत वितरण गरिएको छ ।  जिल्लाको बसबरिया गाउँपालिका र बरहथवा नगरपालिकाका बाढी पीडितहरुलाई टेन्ट र त्रिपाल राहतस्वरुप प्रदान गरिएको हो ।
नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले ५० टेन्ट तथा ५० त्रिपाल बरहथवा नगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा दुबै स्थानीय तहका उपप्रमुखलाई हस्तान्तरण गरिन् ।


Advertisement

 बरहथवा नगरपालिकाकी उपप्रमुख सीतादेवी माझीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश २ का प्रदेश सभा सदस्य संजय यादव रहेका थिए ।
यादवले समाजले उपलब्ध गराएको राहतबाट दुई स्थानीय तहका अति विपन्न तथा बाढी पीडित परिवारलाई ठूलो सहयोग पुगेको बताए ।


Advertisement

सो अवसरमा समाजकी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चौधरीले  भारत सरकारको सहयोगमा  नेपालका ५ जिल्लाका बाढी पहिरोबाट पीडित परिवारहरुलाई राहत स्वरुप टेन्ट र त्रिपाल वितरण गरिएको बताइन् ।

उक्त कार्यक्रममा बसबारिया गाउँपालिकाकी उपाध्यक्ष रीना कुमारी यादव, सर्लाही जिल्ला समन्वय समितिकी सभापति जमुना पराजुली, बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  खिम बहादुर भुजेल, बरहथवा नगरपालिका वडा नं १८ का अध्यक्ष मुने सराय, बरहथवा नगरपालिका वडा नं ५ का अध्यक्ष सञ्जय प्रसाद गुप्ता, वडा नं १७ का अध्यक्ष राम विश्वास राय लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्