डिशहोममा 'आइपिएल २०२०को मज्जा'

डिश मिडिया नेटवर्कद्वारा संचालित नेपालको डिटिएच सेवा प्रदायक डिशहोम क्रिकेटमा हुन गई रहेको महा-उत्सवका लागी आफ्नो डिजिटल अभियान  अनावरण गरेको छ । यस योजनाको कार्यान्वयनका डिशहोम  द्वारा आइपिएल क्रिकेट लिग  २०२० को लागी सुचीकृत गरिएको एजेन्सी मार्स प्रालिले गरेको छ ।

कोभिड १९ को माहामारिका कारण विगत छ महिना देखी देशले कठिन र तनावपूर्ण स्थिती झेलिरहेको छ । क्वारेन्टिनमा बसिरहेको ग्राहकहरुलाई अहिलेको अवस्थामा क्वारेन्टिन नगरिएको एक मात्र विकल्प भनेकै टिभी  अथवा इन्टरनेट हुन गएको छ । आइपिएल २०२०   को क्रिकेट लिग २०२०उचाइमा पुगीरहेको अवस्थामा, डिशहोम देश भित्र रहेका लाखौ क्रीकेट प्रेमी फ्यानहरुसँग डिजिटली जोडिन सकिने र आफ्नो  followers base बढाउन सकिने अवसर को रुपमा अघि बढेको छ ।


Advertisement

 यस अभियानलाई डिशहोम २०२० को मज्जा भनेर नामकारण गरिएको छ । यस अभियानको विषयबस्तु अन्तर्गत डिशहोम ले संपूर्ण दर्सकहरुको डिजिटल सक्रीयताकालागी #डिएच२०२० को मज्जा जारी गरेको छ । डिशहोम  को उदेश्य भनेको यस माहामारीको समयमा आफ्ना दर्शक हरुलाई एचडीको मज्जा प्रदान गर्नु हो । यो एक प्रभावकारी अवधारणा हो र यसमा ब्राण्डले दर्शकहरु माझ लाईभ मैदानमा झै  जोश र उत्साहा जगाउने प्रयास  गरेको छ ।

यस अभियानको मुख्य लक्ष्य भनेको बाकी रहेको २०२०सांच्चिकै उत्साहमय र रमाइलो बनाउने हो ।  उत्सुक क्रीकेटका फ्यानहरुका लागी फेसबुक र यूट्युबमा डिजिटल एक्टिभेसन आयोजित गरिएको छ । क्रीकेटसंग सम्वन्धित गतिशिल पोष्टहरु जस्तै विभिन्न    भिडियो र म्याच  हाइलाईटहरु दिनदिनै आउनेछ्न । प्रत्यक डिजाइन र रंगहरुले दर्शक हरुको खेल प्रतिको उत्साह झलकाउने छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्