×

NMB BANK
NIC ASIA

सन्तानको नाममा कंश जन्मिएछ, त्यो मान्छे होइन

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बझाङ । साँझको करिब ७ बज्दै थियो । जिल्ला प्रहरी कार्यालयको मुख्य भवनअगाडि चहलपहल बाक्लिन थाल्यो । प्रहरी सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा समातिएका मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै थिए ।

Sagarmatha Cement
Muktinath Bank

सय मिटर तलतिरको सल्लाघारीमा एक दम्पती एकदमै हतास र उदास देखिन्थे । मुखमा नीलो सर्जिकल मास्क लगाएका दुवै जनाको अनुहार पनि कालोनीलोझैं थियो । रूखको फेदमा अडेस लगाएर बसिरहेका उनीहरूको छेवैमा एउटा सानो बालक खेलिरहेको थियो । नजिकैको प्रहरी कार्यालयमा भइरहेको चहलपहलबारे पत्तै नपाएझैं बूढाबूढी घरी एकटकले आकाशतर्फ हेर्थे, घरी खुइय सुस्केरा हाल्दै भुइँतिर हेरेर टोलाउँथे । प्रहरीले सार्वजनिक गर्न लागेका अभियुक्त राजेन्द्रका आमाबुबा उनीहरू नै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुबा वीरबहादुरको मलिन अनुहारमा विरक्ति झल्किरहेको देखिन्थ्यो । आमा लछुदेवी पनि उत्तिकै उदास देखिन्थिन् । उनी आफ्नै सुरमा अघिल्तिर खेलिरहेको सानो नातिलाई तान्दै काखमा राख्न खोजिरहेकी थिइन् ।
छोराका बारेमा केही बोल्न अनुरोध गर्दा सुरुमा वीरबहादुर तर्किए । ‘पुलिसले जाँचबुझ गर्दै छ, तपाईंसँग के बोलुँ । बोल्नैपरे ठाउँमै बोलुँला,’ यति भनेर उनी फेरि आकाशतर्फ हेर्न थाले । पत्रकारको परिचय दिँदै आफूसँग बोलेकै कारण कुनै अप्ठ्यारो नपर्नेमा आश्वस्त पारेपछि बल्ल उनी कुराकानी गर्न राजी भए ।


Advertisment
Nabil box
Kumari

लामो सुस्केरा हाल्दै वीरबहादुरले भने, ‘सन्तानको रूपमा कंश जन्मिएछ । यसले हामीलाई कहिल्यै शान्ति दिएन ।’ त्यसपछि निकै खुलेर बोल्न थालेका उनले राजेन्द्रको अपराधकर्मबारे बेलीविस्तार लगाउन थाले । ‘यसको दामलका ३–४ जना यस्तै अपराधमा लागेका छन् । ऊ गाउँमा घर फोर्ने, दोकान चोर्ने काम गर्थ्यो । कहिले कसको, कहिले कसको अपराध गरेर आउँथ्यो,’ उनले भने, ‘कति पिटें, कति थर्काएँ, मान्दै मानेन । आज यो दिन देख्नुपर्‍यो ।’ राजेन्द्रले गरेका सानातिना अपराधमा आफूले थुप्रै जरिवाना तिर्नुपरेको तर पछिल्लो समय भने वास्तै गर्न छाडेको वीरबहादुरले बताए । उस्तै खालका साथीसँगातीले गर्दा छोरो यसरी उद्दण्ड बन्दै गएको हुन सक्ने उनले बताए । कान्तिपुर लेख्छ-वीरबहादुर बोल्दै गर्दा आमा लछुले बीचैमा आक्रोश पोखिन्, ‘त्यइले (त्यसैले) मारयाको हो भन्या त त्यो माइस (मान्छे) होइन, दँइत (राक्षस) हो । गर्भैमा मरिदिएको भए आज आनन्द हुन्या रहेछ । मेरा दसधारा दूध खड (खेर) गया ।) बोल्दाबोल्दै उनले बरर्र आँसु खसालिन् ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x