×

NMB BANK
NIC ASIA

मनीग्राम, आइएमई लिमिटेड र आइएमई पेले डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मनीग्राम इन्टरनेशनल, इन्कले नेपालको आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । 

Muktinath Bank

समझदारीपछि विश्वभरीबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सक्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा मनीग्रामको अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट विश्वका विभिन्न दुई सय देशमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर मनीग्रामले प्रदान गरेको छ । 
यस अवसरले सेवाग्राहीहरूलाई मनीग्रामबाट पठाएको रेमिट्यान्स नेपालमा आइएमई पेबाट भुक्तानी लिने नयाँ सुविधा प्रदान गरेको छ । 


Advertisment
Nabil box
Kumari

व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको मनीग्रामका लागि साउथ एसियास्थित ग्लोबल स्ट्राटेजीक सेल्स प्रमुख रिज सोहेलले बताए ।

Vianet communication
Laxmi Bank

प्रमुख सोहेलले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो घरमा वा वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको विश्वास व्यक्त गरे । 
वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । मनीग्रामका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ । 

सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले मनीग्राम मार्फत आइएमई पे वालेटमा आउने प्रति ट्रान्जेक्सनमा रू. ६०/– क्यास व्याक प्रदान गर्नेछ । यो अफर आजैदेखि लागु भइ ३१ डिसेम्बर २०२० सम्म कायम हुनेछ ।
रेमिटेन्स सेवाका लागि पर्यावाची नाम आइएमईलाई विश्वमा छरिएर रहेका नेपालीहरूले एउटा भरपर्दो कम्पनी मान्दै आएका छन् । आइएमई यो बजारको पहिलो र धेरै संजाल भएको नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । 

जसले विगत दुई दशकदेखि निरन्तर स्तरीय रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रवन्ध मिलाइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेम राज ढकालले बताए ।

जब कोरोना महामारीको स्थिति सामान्य हुन्छ त्यसपछि उक्त रकम आफुलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिन्छ, ढकालले थपे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x