कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ ।
देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् । उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् । विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा सङ्कलन गरेको जनाएको छ ।
विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पु¥याएको छ । अण्डा सङ्कलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने भएकाले सङ्कलन गरेको अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताए । अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ । यसले पातको तल्लो भागमा अण्डा पार्छ ।
कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ । यसले एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ । १५ देखि २१ दिनको जीवन अवधिमा यसले १ हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिए। “अण्डा सङ्कलनगरियो भने यसको संख्यामा निकै कम गर्न सकिन्छ” उनले भने “यसले क्षति कम हुनुका साथै रासायनिक विषादी प्रयोगमा न्यूनिकरण गर्न सकिन्छ ।” अण्डा सङ्कलन आइपिएम विधि भएको उनले बताए ।
अण्डा कसरी पहिचान गर्ने ?
यो मकैको पातको तल्लो भागमा सेतो धब्बा जस्तो हुन्छ । बाहिरपट्टी कपास जस्तो पत्र देखिन्छ । एउटै ठाउँमा १५० देखि २०० अण्डा हुन्छ । “यही अवस्थामा अण्डा पारेको पात चुडेर व्यवस्थापन गरियो भने एउटै पातबाट २०० लार्भा निस्कनबाट जोगाउन सकिन्छ” उनले भने, “मुख्य गरेर सानो बिरुवा जोगाउन सक्यौं भने ठूलो भएपछि बिरुवाले आफैँ लड्ने क्षमता बनाइसकेको हुन्छ ।”
प्रकोप कसरी थाहा पाउने ?
फौजीकीराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ । हुर्कँदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ । टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको उनले बताउँछन् ।
अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने बताउँदै वैज्ञानिक भण्डारीले भने, “जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ ।” लार्भाले खाँदै गर्दा आलो दिसा हुने जानकारी दिँदै उनले भने, “पछि गुभोभित्रसमेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ । यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ ।” घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने उहाँको भनाइ छ ।
अनुसन्धान केन्द्रमै फौजीको आक्रमण
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा २०१९ सालमा स्थापना भएको हो । कार्यक्रमअन्तर्गत करिब ६५ विगाहा क्षेत्रफलमा वर्षेनी मकैका विभिन्न जातको अनुसन्धान र विकास हुँदै आइरहेको छ । सुरुमा नवलपरासी पूर्वको गैंडाकोटमा देखिएको फौजीकीरा यतिबेला अनुसन्धान कार्यक्रमका लागि पनि चुनौतीको विषय बनेको छ । अनुसन्धान कार्यक्रमको अनुसन्धान ब्लकमा लगाइएको मकैमा पनि फौजीको प्रकोप देखिएको छ ।
अमेरिकन फौजीकीराले मकैसहित ८० प्रकारका बालीमा क्षति पु¥याउने अनुसन्धानकर्ताका दावी छ । यो किराले मकैको पात, डाँठ, घोगा र बोट नै सखाप पार्ने गरेको छ । मकै उम्रेदेखि नै आक्रमण शुरु गर्ने फौजी किराले बोट नै सखाप पार्छ भने पाक्न लागेको मकैबालीमा समेत यसले क्ष्यती पु¥याउँछ । अमेरिकी रैथाने फौजी किरा सन् २०१६ मा पश्चिम अफ्रिकामा देखा परेको थियो ।
अफ्रिकाको एक ठाउँमा देखिएको फौजी किरा त्यसको दुई वर्षमै पूरा अफ्रिकाभर फैलिएको थियो । वैज्ञानिकहरुले अफ्रिका लगत्तै सन् २०१८ मा यो कीरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यबाट प्रवेश गरेको बताएका छन् । पुतलीको रुप बनेका बेला फैलने यो किरा एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकको दावी छ ।
फौजीकीरा आएको कसरी थाहा पाउने ?
बालिमा फौजीकीरा आएको छ की छैन भन्ने थाहा पाउन किसानले बजारबाट ‘फेरोम्यान ट्रयाप’ (फौजीकीरा पत्ता लगाउने साधन) किनेर लैजाने र बालीमा झुण्ड्याउने हो भने पत्ता लाग्ने भण्डारीले बताए । उनले भने, “यदी त्यहाँ फौजी किराको माउ भए फेरोम्यान ट्रयापमा झुण्डिएर मर्छन् । यसले बालिमा फौजी किरा आएको छ की छैन भन्ने कुराको सूचना दिन्छ ।”
उहाँका अनुसार त्यस बाहेक क्षतिको आधारमा पनि फौजी किराको चेकजाँच गर्न सकिन्छ । यो किरा लाग्यो भने मकैको पात सेतो देखिन्छ । त्यस्तै मकैको गुभोमा किराको आलो दिशा पनि देखिन्छ । मकैको गुभो कोट्याएर हे¥र्या भने त्यहाँ किरा भेटिन्छ । त्यो किराको पछाडि भागमा बराबर ४ वटा प्वाल देखियो भने त्यो फौजी किरो हो ।
नियमित अनुगममन जरुरी
मकै लगाएको ८÷१० दिनमै यसले क्षति गर्ने भएकोले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने विज्ञ बताउँछन् । पातको माथिल्लो भागहरुमा यो किराको पोथीले पारेका अण्डा देख्न सकिन्छ । त्यस्तो देखिए लगत्तै व्यवस्थापनको विधि शुरु गर्नुपर्छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डा.केशवबाबु कोइरालाले उत्पादन र भण्डारण दुवै अवधिमा विभिन्न कीराले मकैमा क्षति पु¥याउने गरेको बताए । उनले भने, “५५ प्रकारका किराले मकैमा क्षति पु¥याउने गरेका छन, त्यसको नियन्त्रणका लागि हामीले अनुसन्धान गरिरहेका छौँ ।” उनले अनुसन्धानबाट सकरात्मक नजिताहरु पनि आइरहेको जानकारी दिए। कृष्ण आचार्य,रासस
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...