राजदूत पाउने भएपछि मुख्यसचिव रेग्मीद्वारा राजीनामा, शंकरदास बैरागी नयाँ मुख्यसचिव बन्दै

लोकदर्शन रेग्मीले मुख्य सचिव पदबाट राजीनामा दिएका छन् ।

रेग्मीले कार्यकाल नसकिँदै बिहीवार राजीनामा दिएका हुन् । कार्यकाल नसकिँदै रेग्मीले राजीनामा दिएपछि नयाँ मुख्य सचिव नियुक्तिको समीकरण बदलिने भएको छ ।


Advertisement

रेग्मीको कार्यकाल कात्तिक ३ सम्म थियो ।

रेग्मीले राजीनामा गरेपछि स्थायी सरकार भनिने कर्मचारीतन्त्रको नेतृत्व अब शंकरदास बैरागीले गर्ने सम्भावना प्रवल बनेको छ ।


Advertisement

परराष्ट्र सेवाका बैरागी नयाँ मुख्य सचिव बन्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । राजीनामा दिएका रेग्मीलाई बेलायतको लागि राजदूत बनाउने सम्भावना रहेको स्रोतको दाबी छ ।

बिहीवार नै आकस्मिक मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी छ । बैठकले रेग्मीको राजीनामा स्वीकृत गर्ने र बैरागीलाई नयाँ मुख्यसचिव बनाउने सम्भावना रहेको छ ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्