‘दलित हुनु नै हाम्रो अपराध’– हाथरस बलात्कार तथा हत्याका पीडितको गुनासो

भारतको उत्तर प्रदेशस्थित हाथरसमा सामूहिक बलात्कार र हत्या गरिएकी १९ वर्षकी एक किशोरीको परिवारको संसार सीमारेखामा कैद छ । उनी जन्मे हुर्केको गाउँमा दुईथरी बेग्लै संसार छन् ।

पहिलो, ती किशोरी बस्ने दलित गाउँ । दोस्रो, कथित उच्च जातिका मानिस बस्ने गाउँ । 


Advertisement

गाउँका एक दलित भन्छन्– दलित हुनु नै हाम्रो अपराध हो । हाम्रा बच्चाहरू यहाँ नबसून् । 

हाथरसको गाउँका एक दलित युवक भन्छन्, ‘हामीहरू आफैंआफैं खान्छौं, आफ्नैहरूसँग बाँच्छौं, आफ्नैसँग कुरा गर्छौं । उनीहरू (उच्च जातिका) सँग हाम्रो कुनै लिनुदिनु छैन ।


Advertisement

६४ परिवार भएको यो सानो गाउँमा वाल्मीकि समुदायका चार गाउँ छन् । यीमध्ये अधिकांश उच्च जातिका मानिसहरू खेतमा काम गरेर अन्न जुटाउँछन् । 

उनीहरूको जीविका पशुपालनबाट चल्ने गरेको छ र पैसा सकिएपछि मनरेगा योजना नै सहारा हो । 

पीडित किशोरीका दाइले भने, ‘उच्च जातिका मानिसले हामीलाई घाँसपात ठान्छन् । उनीहरूका लागि हाम्रो अस्तित्व नै छैन । पढ्दा, खेल्दा पनि उनीहरूका सन्तान र हाम्रा सन्तान टाढै बस्छन् ।’

गाउँका पुजारी भन्छन्, ‘हामीहरू दलितलाई घरमा बोलाउँदैनौं ।’

अनि गाउँको प्रधानका छोरा रामकुमार सिंहले उपेक्षाको लवजमा भने, ‘उनीहरूसँग खाने पिउने त गरिन्न ।’

दलितहरूलाई मूलबाटो उपयोग गर्न नदिने, सामान किन्न जाँदा पसलेबाट टाढा बस्नुपर्ने जस्ता दैनिक समस्या उनीहरूले भोग्नुपर्छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्