शंकरदास बैरागी नेपाल सरकारको मुख्य सचिवमा नियुक्त

नेपाल सरकारको मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।


Advertisement

लोकदर्शन रेग्मीले राजीनामा दिएपछि अबको कर्मचारीतन्त्रको नेतृत्व बैरागीले गर्नेछन् ।

रेग्मी बेलायतका लागि नयाँ राजदूत भएर जाँदैछन् ।


Advertisement

आजै बसेको मन्त्रिपरिषद बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत सिफारिस गरेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्