सरकारद्वारा तीनजना राजदूत सिफारिश, अमेरिकामा युवराज, बेलायतमा लोकदर्शन र साउथ अफ्रिकामा विश्वकर्मा

सरकारले रिक्त *तीन देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तीन राजदूत सिफारिश गरेको एक मन्त्रीले जानकारी दिए । 


Advertisement

अमेरिकाका लागि निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा र निवर्तमान मुख्यसचिवल लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूत सिफारिश गरिएको हो ।

साउथ अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मा (कपिलवस्तु)लाई राजदूतमा सिफारिश गरिएको उच्च सरकारी स्रोतले लोकान्तरलाई बतायो ।


Advertisement

रेग्मीले बिहीवार नै मुख्य सचिवबाट राजीनामा गरेका थिए ।

सरकारले रेग्मीको राजीनामा स्वीकृत गर्दै नेपाल सरकारको मुख्य सचिवमा शंकरदाश बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको पनि एक मन्त्रीले बताए । 

प्रस्तावित राजदूतलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

*सरकारद्वारा ३ जना राजदूत सिफारिश भएको हुनुपर्नेमा ४ भएकाले सच्याइएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्