रुस : आफूलाई पुटिनले विष दिएको नभाल्नीको आरोप

रुसको साइबेरियास्थित ओम्स्कमा नोभिचोक विष दिएपछि गम्भीर बिरामी भएका विपक्षी नेता अलेक्सेई नभाल्नी जर्मनीको अस्पतालमा उपचार पाएर निको भएका छन् । 

निको भएपछि उनले जर्मन पत्रिका देर स्पीगलसँग कुरा गर्दै उनले भने, ‘पुटिनले ममाथि अपराध गरेका हुन् र के भएको थियो भन्ने विषयमा मेरा अन्य कुनै पनि धारणा छैनन् ।’


Advertisement

त्यही पत्रिकाले केही दिनअघि जर्मन चान्सलर अंगेला मर्कलले बर्लिनस्थित अस्पतालमा नभाल्नीलाई गोप्य तरिकाले भेटेको खबर दिएको थियो । 

जर्मनीका अधिकारीहरूले नभाल्नीलाई विष दिइएको विषयमा उपलब्ध आँकडाहरू अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्सलाई औपचारिक रूपमा बुझाएका छन् । मस्कोले यस घटनाको व्याख्या गर्नुपर्ने उनीहरूले दाबी गरेका छन् । 


Advertisement

रुसले यस घटनाका सबै डेटाहरू उपलब्ध गराउन तथा स्याम्पलको जाँचमा बर्लिनसँग मिलेर संयुक्त स्वास्थ्य आयोग गठन गर्ने प्रस्ताव गरेको भए पनि जर्मनीले यसमा प्रतिक्रिया जनाएको छैन । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्