युवराज खतिवडा : मन्त्रीबाट राजीनामा गरेको २७ दिनपछि राजदूत !

सरकारले अमेरिकाका  लागि नेपाली राजदूतमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिश गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडासहित ३ जना राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो । 


Advertisement

राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले गत भदौ १९ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

मन्त्रीबाट राजीनामा दिएको २७ दिनपछि खतिवडा राजदूतका लागि सिफारिश भएका छन् । 


Advertisement

मन्त्रीबाट राजीनामा गरेलगत्तै सरकारले उनलाई मन्त्री सरहको सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको थियो । त्यसको केही सातामै खतिवडा अमेरिकाका लागि राजदूत सिफारिश भएका छन् ।

मन्त्रीसरहको सुविधा पाउनेगरी उनलाई राजदूत सिफारिश गरिएको एक मन्त्रीले बताए । 

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको चार वर्षे कार्यकाल सकिएपछि पनि अर्को राजदूत नियुक्त नहुँदा उनैले काम गरिरहेका थिए ।

सरकारले बिहीवार नै लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिश गरेको छ । 

राष्ट्र बैंकको गर्भनर, राष्ट्रिय योजना आयोगको उपाध्यक्षदेखि सांसद र मन्त्री हुँदै खतिवडा राजदूतमा सिफारिश भएका छन् ।

प्रस्तावित राजदूतलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्