×

NMB BANK
NIC ASIA

ट्रम्पले दिए गोराहरूलाई हिंसा गर्ने अनुमति, अमेरिकाको भविष्य खतरनाक

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

डोनल्ड ट्रम्पले श्वेत सर्वोच्चतावादी समूहलाई सीधै भर्त्सना नगर्नु अमेरिकाको राष्ट्रपति निर्वाचन बहसमा सबभन्दा महत्त्वपूर्ण कुरा हो । 

Sagarmatha Cement
Muktinath Bank

अझ उनले त्यस्तो एक समूह प्राउड बोइजलाई पछि हट्न (स्ट्यान्ड ब्याक) तर तयार रहन (स्ट्यान्ड बाई) भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्ट्यान्ड बाई केका लागि ? यो त हिंसाको अनुमति दिएको जस्तो भयो । 


Advertisment
Nabil box
Kumari

ट्रम्पले ख्यालठट्टामै बोल्दै अनि द्विअर्थी बयान दिँदै जातिवादी द्वन्द्व भड्काएको भनी विगतमा पनि आरोप लाग्ने गरेको थियो । बहसका क्रममा पनि उनले खतरनाक तवरले कुतत्त्वलाई भड्काएको आरोप प्रतिस्पर्धी जो बाइडनले लगाए । 

Vianet communication
Laxmi Bank

ट्रम्पले जातिवादी विषय उठाएर श्वेत सर्वोच्चतावादी समूहहरूलाई संकेत दिने गरेको भनी प्रायः आलोचना गरिन्छ । विदेशीहरूले अतिक्रमण गरेको भन्दै ट्रम्पले चिन्ता व्यक्त गर्दा श्वेत सर्वोच्चतावादीहरू खुशी हुन्छन् । 

तर संसारभरिका मानिसले हेरेको टीभी बहसमा ट्रम्पले श्वेत सर्वोच्चतावादीहरूलाई संकेत दिएको मात्र नभई ठीक गर्‍यौ नै भनेको देखियो । उनले त्यस्ता समूहलाई प्रशंसा गर्दै शिर थपथपाएको जस्तै देखियो । 

मोडरेटर क्रिस वालेसले सोधे, ‘तपाईं श्वेत सर्वोच्चतावादी तथा मिलिसिया समूहहरूलाई भर्त्सना गर्दै उनीहरू निष्क्रिय बन्नुपर्छ भन्नुहुन्छ ?’

ट्रम्पले सीधै निन्दा गरेनन् । एक श्वेत सर्वोच्चतावादी समूहलाई उनले भने, ‘प्राउड बोइज, पछि हट र तयार रहू ।’

त्यसपछि उनले तत्कालै ध्यान भड्काउन यस्तो टिप्पणी गरे, ‘तर म भन्छु, एन्टीफा र वामपन्थीहरूका बारेमा कसैले केही गर्नुपर्छ ।’

यसो भनेर ट्रम्पले प्रहरीको जातिवादी रवैयाको विरोध गरिरहेका प्रदर्शनकारीलाई आक्रमण गर्न दक्षिणपन्थी मिलिसियाहरूलाई अनुमति दिएजत्तिकै हो । वास्तविक पीडाका कारण प्रदर्शन गरिरहेकाहरूलाई उग्रवादी, हिंस्रक एन्टीफासँग जोडेर ट्रम्पले अतिशयोक्ति नै गरे । 

टीभी बहसपछि श्वेत सर्वोच्चतावादी समूहहरूले सामाजिक सञ्जालमा निकै खुशी मनाए । आफूहरूको मुद्दालाई संसारभरि फैलाएकोमा उनीहरू ट्रम्पप्रति कृतज्ञ रहे । 

उनले तिनीहरूलाई तयार रहन भनेर अमेरिकामा थप अशान्ति तथा हिंसाको वातावारण बन्ने संकेत दिएका छन् । ट्रम्पले हुलाकबाट आउने मतहरूबाट धोकाधडी र  धाँँधली हुने भनी लगातार बयान दिइरहेका छन् । 

अनि उनले पराजित भएमा पनि सजिलै सत्ता हस्तान्तरण नगर्ने बताएका छन् । यो सबैले परिस्थिति निकै खतरनाक बन्दै गएको देखाउँछ । अमेरिका गृहयुद्धको संघारमा पुगेको छ भन्ने संकेत यसले दिन्छ । 

ट्रम्पले उग्रदक्षिणपन्थी नवनाजी समूहहरूलाई अँगाल्नु आफैंमा आश्चर्यलाग्दो र असम्मानजनक काम हो किनकि विभिन्न अध्ययनहरूले देखाएअनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि श्वेत सर्वोच्चतावादीहरू सबभन्दा खतरनाक जोखिम हुन् । 

ट्रम्पले उग्रवामपन्थी र कथित एन्टीफाविरुद्ध लगातार विषवमन गर्नुमा कुनै ठोस आधार छैन । अमेरिकामा अन्य कुनै पनि समूहभन्दा श्वेत सर्वोच्चतावादी सञ्जालहरूले गर्ने हत्याहिंसाको संख्या बढी छ । उनीहरूले हालैका महिनामा शान्तिपूर्ण जुलूसहरूलाई तारो बनाएका छन् । प्रहरीले काला जातिका पुरुष र महिलामाथि ज्यादती गरेको आरोप लगाउँदै शान्तिपूर्ण प्रदर्शन भइरहेकोमा श्वेत सर्वोच्चतावादीहरूले हिंसा मच्चाइरहेका छन् । 

तर ट्रम्पले वास्तविकतालाई पूरै उल्ट्याउँदै हिंसाका लागि वामपन्थी प्रदर्शनकारीहरू जिम्मेवार रहेको बताउँदै आएका छन् । 

बहसमा दुवै उम्मेदवारले एकअर्काविरुद्ध गालीगलौज गरेकाले हेर्नै नसकिने किसिमको थियो । तर डरलाग्दो कुरा भनेको अमेरिकाका ४५औं राष्ट्रपतिले श्वेत सर्वोच्चतावादी समूहहरूलाई कानून व्यवस्थाका हिमायती जस्तो गरी प्रस्तुत गरे । 

आगामी निर्वाचन मतगणनाको झमेलामा परेछ भने सशस्त्र हिंसाको सम्भावना प्रबल छ । मतगणनामा गडबडीको आशंका छ किनकि कोरोनाभाइरस महामारीका कारण ८ करोड भोट हुलाकबाट आउँदैछन् । 

राष्ट्रपतिले सडकमा आएर हिंसा मच्चाउन अतिवादीहरूलाई उक्साइरहेका छन् । उनले अज्ञानतावश वा अक्षमताका कारण यसो गरेका होलान् । तर यो खतरनाक छ र निन्दनीय पनि । 

स्पुतनिकन्युजमा प्रकाशित फिनियन कनिङघमको विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x